मोदीले पूरा गरे २९ वर्षको संकल्प

अयोध्यामा राम मन्दिरको भूमिपूजनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट लखनउ पुग्दैछन् । 

उनको भेषभूषा राम रंगमा रंगिएको छ । उनले धोती र सुनौलो रंगको कुर्ता लगाएका छन् । भारतीय समयअनुसार बिहान साढे ११ बजे उनी अयोध्या पुग्नेछन् । 


Advertisement

प्रायः कुर्ता पाइजामा लगाउने मोदीले पीताम्बरी धोती र सुनौलो कुर्ता लगाएका हुन् । उनी विशेष विमान चढेर लखनउ गएका हुन् । 

मोदी भारतीय समयअनुसार १० बजेर ३५ मिनेटमा लखनउ पुग्नेछन् । त्यहाँ पाँच मिनेट बसेर उनी अयोध्यातर्फ प्रस्थान गर्नेछन् ।


Advertisement

अनि उनले अभिजीत मुहूर्तमा उनले भूमिपूजन गर्नेछन् । त्यसपछि मन्दिरको शिलान्यास गरिनेछ । राम मन्दिरको आधारशिलामा चाँदीको शावेल र चाँदीकै डालो राखिनेछ । 
 

भूमिपूजन समारोहमा संलग्न सबैलाई लड्डुसँगै प्रसादका रूपमा चाँदीको एक सिक्का पनि दिइनेछ । सिक्कामा एकातर्फ राम दरबारको चित्र छ जसमा भगवान राम, सीता, लक्ष्मण र हनुमान छन् । अर्कोतर्फ राम जन्मभूमि ट्रस्टको चिह्न छ । 

पटनाको महावीर मन्दिर ट्रस्टले श्रद्धालुहरूलाई रघुपति लड्डु प्रसादका रूपमा बाँड्नेछ । लड्डुको एक लाखभन्दा बढी प्याकेट तयार पारिएको छ । 

मोदी २९ वर्षपहिले अयोध्या पुग्दा एक पत्रकारले अब फेरि कहिले आउनुहुन्छ भनी सोधेका थिए । त्यतिखेर उनले मन्दिर बनेपछि आउँछु भनेका थिए । उनको यो संकल्प अहिले आएर पूरा भएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्