विश्वका ५ सन्की शासक, जसले गरे अनौठा हर्कत

विश्वमा धेरै तानाशाहको जन्म भयो । तानाशाह शब्द नै मानिसहरूका लागि डराउनुका लागि काफी छ ।

केही तानाशाहहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पु-याए र केहीले मानिसको अधिकारहरू खोसेर राज गरे । 


Advertisement

तानाशाहले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए । 

आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं । 


Advertisement

सपरमुरात नियाजोव

सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाह थिए। उनले एक किताब लेखेका थिए, जसको नाम थियो रुह्नमा ।

यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो। यो पुस्तक एक धार्मिक प्रोपोगान्डाका रुपमा लेखिएको थियो । 

उनले यो किताबलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् । 

मुअमम्मर गद्दाफी

लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोन्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका थिए ।

राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएका दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो । 

निकोलाई चाऊशेस्कू

राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डर लागि रहन्थ्यो की आफ्नो हत्या हुने छ । 

उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुने शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीरमा पु-याइन्थ्यो । जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए । 

इदी अमीन

युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रिकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिड्थे । इदिस अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ । 

किम इल सुंग

यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ?

आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल संगको बानी बहुत अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे । 

यतिमात्र होइन उनले गीत लेखेका थिए । उक्त गीत उत्तर कोरियाले स्पेस स्टेशनमा बजाउँथ्यो । जसको उदेश्य किमको महानताको गीत एलियन पनि सुन्न सकुन् भन्ने थियो ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्