माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- अयोध्यापूरीमा राममन्दिर बनाउनू

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित् अयोध्यापूरीमा राममन्दिर बनाउन निर्देशन दिएका छन्।

शनिबार आफूलाई भेट्न बालुवाटार पुगेका माडीका जनप्रतिनिधिसँग ओलीले  भगवान रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापूरी रहेको दोहोर्‍याएका थिए।


Advertisement

ओलीले यसअघि पनि भगवान रामको वास्तविक जन्मभूमि नेपालमा रहेको बताएका थिए।
 
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित स्थानीय जनप्रतिनिधिलाई ओलीले भव्य मेलाको तयारी गर्न निर्देशन दिएका छन्।

माडी नगरपालिकाका उपमयेर ताराकुमारी काजी महतोका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका छन्। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको महतोले उल्लेख गरिन्।
ओलीले माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि भनेका छन्। त्यसका लागि सहमति जुटाउनुपर्ने उनकाे भनाइ थियाे।


Advertisement

जनप्रतिनिधिको टोली चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोला छउमा चेपाङ बस्तीमा गरिएको आगजनीको विषय लिएर प्रमकहाँ पुगेका थिए।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्