भारत र चीन साथी बन्न सक्लान् ? यसो भन्छन् जयशंकर

अहिले भारत र चीनको सम्बन्ध निकै तनावपूर्ण छ । 

यस्तो अवस्थामा भारतका विदेशमन्त्री एस जयशंकरले दुई देशको सम्बन्धका विषयमा एक बयान दिएका छन् । 


Advertisement

शनिवार इन्डिया याट ७० भर्चुअल सम्मेलनमा बोल्दै उनले आकार र प्रभावको हिसाबले भारत तथा चीनमाथि संसारको धेरै कुरा निर्भर रहेको बताए । 

दुई देशको सम्बन्ध भविष्यमा एक किसिमको समता र समझदारीमा निर्भर रहने उनको भनाइ छ । 


Advertisement

उनले भने, ‘दुई देशबीचको समस्या राम्ररी परिभाषित छ । अबको १० देखि २० वर्षमा दुवै देशले फ्रान्स र जर्मनी जस्तो आफ्नो तीतो विगत बिर्सेर नयाँ सम्बन्ध बनाउन सक्ने सम्भावना छ ।’

उनले भने, ‘हामी चीनको छिमेकी मुलुक हौं । चीन लामो समयदेखि नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । हामी एक दिन विश्वको तेस्रो अर्थतन्त्र बन्नेछौं । चीन र भारत मात्र एक अर्बभन्दा बढी जनसंख्या भएका देश हुन् । युरोपेली समस्या शुरू भएकै समयमा भारत र चीनबीचको समस्या पनि आउन थाल्यो । अन्तर्राष्ट्रिय राजनीतिमा दुवै देश बलियो रूपमा उदाउने समयमा पनि धेरै अन्तर छैन । दुवै देशबीच कुनै किसिमको समानता वा समझदारीमा पुग्नु जरूरी छ ।’

कानून तथा विधिमा आधारित विश्वको पैरवी भारतले गर्ने किनकि त्यसो नगर्दा जंगलको कानून लागू हुने जयशंकरको भनाइ छ । पहिलापहिला सैन्य तथा आर्थिक शक्तिलाई वैश्विक शक्तिको मानक मानिन्थ्यो भने अहिले प्रविधि तथा सम्पर्कले शक्ति र प्रभाव नयाँ मानक बन्दै गएको उनको भनाइ छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्