एकैदिन २३ जनामा कोरोना देखिएपछि मकवानपुरमा ७ दिने निषेधाज्ञा

मकवानपुरमा एकैदिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ।

आइतबार साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो। 


Advertisement

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि  ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आइतबार मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्