×

NMB BANK
NIC ASIA

स्वास्थ्यकर्मीबाटै कोरोना संक्रमणको जोखिम

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित थिए। त्यसयता पनि देशभरका विभिन्न अस्पतालहरूमा थप स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो संख्या दिनहुँ बढ्दो क्रममा छ। हालसम्म प्रदेश १ मा आठजना स्वास्थ्यकर्मी संक्रमित छन्। त्यस्तै प्रदेश २ मा ७८ जना र बागमती प्रदेशमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशमा संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको छ भने प्रदेश ५ मा महिला १२ र कर्णाली प्रदेशमा २२ जना स्वास्थ्यकर्मी संक्रमित छन्। सुदूरपश्चिम प्रदेशमा २७ जना छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नोबल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुईजना चिकित्सकको शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुलुकभरका अस्पतालमा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘फ्रन्ट लाइनमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गराई कामकाजमा लगाउनु पर्छ।’


Advertisment
Nabil box
Kumari

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुई चिकित्सक र चारजना नर्स संक्रमित छन्। त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स र प्रयोगशालाकर्मीसहित १६ जना संक्रमित छन्। वीर अस्पतालका तीनजना चिकित्सकमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भइसकेको छ।

Vianet communication
Laxmi Bank

कोरोना संक्रमितको दिनहुँ मृत्यु

कोरोना भाइरसको संक्रमणसँगै संक्रमितको मृत्यु हुने संख्या पनि दिनहुँ बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ९५ जनाको संक्रमणबाट ज्यान गएको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार, धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरका ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन्। अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा ज्यान गएको छ। उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए। त्यस्तै मोरङको विराटनगर—३ का ५७ वर्षीय पुरुषको कोसी अस्पतालमा निधन भएको छ। उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। त्यस्तै महोत्तरी मटिहानी नगरपालिका– ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको उपचारको क्रममा रामजानकी अस्पतालमा मृत्यु भएको हो। उनी क्षयरोग तथा मधुमेहका रोगबाट ग्रसित थिए। प्रवक्ता गौतमका अनुसार, हालसम्म कोरोना संक्रमणबाट ९५ जनाको ज्यान गएको छ। कोरोना संक्रमितको मृत्युदर शून्य दशमलव ४ प्रतिशत रहेको छ।

अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x