माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
भदौ २, २०७७
प्रदेश ५ को राजधानी बुटवलमा वधशाला निर्माण गर्ने झण्डै डेढ दशकदेखिको पहल अब भने साकार हुने देखिएको छ । रुपन्देहीका सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको योजनामा बुटवलमा देशकै नमुना वधशाला निर्माण हुन लागेको हो । काठमाडौं उपत्यका बाहिरको व्यवस्थित शहरको रूपमा विकास भइरहेको बुटवलमा देशकै नमुना वधशाला निर्माण गर्न लागिएको हो ।
वर्षौंको पहलमा बुटवल उपमहानगरपालिका– १० रामनगरमा केही संरचना निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको वधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको हो ।
करीब तीन बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डसहित उक्त अत्याधुनिक पशु वधशाला निर्माण हुनेछ । यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक वधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि बुटवल उपमहानगरपालिकाले उच्चस्तरको प्राविधिक अध्ययन गराएको थियो ।
सोही आधारमा नयाँ मापदण्डको वधशालाको गुरुयोजना नै बनाएर काम शुरू भएको हो । वधशाला २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा निर्माण गर्न ठेक्का सम्झौता भएको छ । निर्माण शुरू भएको १६ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो ।
वधशालाको गएको असारमा शिलान्यास भएको छ । वधशाला निर्माणका लागि बुटवल उपमहानगरले किसान, व्यवसायी, सहकारी समेतलाई साझेदारीमा लिएर काम शुरू गरेको हो । कृषिका माध्यमबाट अर्थतन्त्र उकास्दै पशुपालन र मासुजन्य व्यवसायलाई उद्योगका रूपमा विकास गर्दै वधशालाले व्यवस्थित बजारीकरणको भूमिका निर्वाह गर्नेछ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न हुने बताए ।
नगर प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्नु पर्ने कुरामा सचेत बन्दै वधशाला निर्माणमा बजेटको अभाव हुन नदिने बताए । ४ पी मोडल अनुसार वधशाला सञ्चालन गरिने छ ।
वधशालामा पहिलो चरणमा खसी र बोका मात्रै वध गर्न मिल्ने बनाइने छ । प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको वधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले गरिरहेको छ ।
वर्षौंदेखिको पहल साकार हुँदै
बुटवलमा वधशाला निर्माणको पहल झण्डै २० वर्षअघिदेखि शुरू भएको थियो । नेकपा महासचिव एवं रुपन्देहीका प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको पहलमा वधशाला निर्माणको कामले मूर्तरूप लिन थालेको हो । यसले प्रदेश राजधानीको पर्यावरणलाई अझ सन्तुलित बनाउने छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको बुटवलमा वधशाला शिलान्यास भएसँगै अहिले बल्ल निर्माणको चरणमा प्रवेश गरेको छ । वधशाला निर्माणको ठेक्का श्री शिवशक्ति कन्ट्रक्सन प्रालिले लिएको छ । प्रालिका प्रमुख प्रभाकर लामिछानेले तोकेको अवधिमै निर्माण सक्नेगरी काम गरिने बताए । उनले रकम भुक्तानी प्रक्रिया र साइट क्लियरेन्सका काममा झन्झट नहुने हो भने काम गर्न समस्या नहुने स्पष्ट पारे ।
वधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरपालिकाको ३ करोड गरी आब २०७६/७७ मा कूल १० करोड बजेट बिनियोजन भइसकेको छ ।
क्रमागत रूपमा बहुवर्षीय योजनाको रूपमा परियोजना सञ्चालन गरिने बुटवलका प्रमुख सुवेदीको भनाइ छ । परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा एक करोड २२ लाख, भवन निर्माण तथा सिभिलवर्कमा छ ।
करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा छ करोड ६२ लाख, अन्य उपकरण तथा औजार तीन करोड ५७ लाख, सञ्चालन पूर्व खर्च तथा कन्टिजेन्सी दुई करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इञ्जिनीयर एवं उक्त परियोजनाका साइट इन्चार्ज इञ्जिनीयर गौतम रौनियारले बताए ।
यस्तो बन्नेछ वधशाला
दैनिक एक हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बन्ने छ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण गरिने छ ।
यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकालिने छ । भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गरिने छ । वधशालामा दैनिक ५ सयदेखि एक हजारसम्म खसीबोका वध गर्न सक्ने संरचना तयार गरिने छ ।
साझेदारीको मोडल
एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको वधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो ।
वधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौताअनुसार वधशाला निर्माणपश्चात उत्पादक किसानहरू र मासु व्यवसायीहरूले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले लिनेछ । उपमहानगरको आगामी विधान अधिवेशनमा निर्देशिका र ऐन निर्माण गर्नेगरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।
बुटवल वधशालामा करीब १२ हजार खसी बोका उत्पादक महिला किसानहरू र ३०० जना मासु व्यवसायीहरू सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तीर्थराज रेग्मीले बताए । परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यहरूबाट करीब ७ करोड तथा मासु व्यवसायीहरूबाट ३ करोड ७८ लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताउँछन् ।
वधशाला दिगो बनाउने पहल
नेपाल सरकारद्वारा विगत लामो समयदेखि नै उपभोक्ताहरूलाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुल्ला वध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पीडारहित वधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिकाहरू जारी गरिँदै आएको छ ।
तथापि, पशु वधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको दुई दशक बितिसक्दा पनि हालसम्म यसको कार्यान्वयन हुन सकिरहेको छैन । नेपालमा विभिन्न समयमा काठमाडौं धादिङ, हेटौँडा तथा अन्य स्थानहरूमा वधशाला स्थापना भएपनि सञ्चालन हुन सकेनन् । ‘वधशाला बनेपछि बुटवल स्वच्छ शहरको रूपमा विकसित हुनेछ, यो वधशाला नेपालका लागि नमूना बन्ने विश्वास लिएका छौं,’ सुवेदीले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...