×

NMB BANK
NIC ASIA

अख्तियारकाे फन्दामा परेका उपभाेक्ता समितिका अध्यक्ष र सचिव छुटे, ठेकेदार नियन्त्रणमै

भदौ १३, २०७७

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले दैलेख गुराँस गाउँपालिका-६ को  सडक स्तराेन्नतिका क्रममा रकम हिनामिनाकाे आराेपमा नियन्त्रणमा लिएका तीन जनामध्ये दुई जनालाई रिहा गरेकाे छ।

Muktinath Bank

उचुला-पुलिया सडक स्तराेन्नति गर्न गठन गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्द ओली र निर्माण व्यवसायी हिक्मतबहादुर ओलीलाई अख्तियारले शुक्रबार नियन्त्रणमा लिएकाे थियाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकाेटाका अनुसार उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई फेरि उपस्थित हुनेगरी छाडिएकाे छ भने निर्माण व्यवसायी ओलीलाई सोधपुछका लागि नियन्त्रणमै राखिएको छ। 


Advertisment
Nabil box
Kumari

गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत निर्वाचन क्षेत्र विकास कोषबाट संचालित भिउँचुला-बगौरा-पुलिया सडक स्तरोन्नति कार्यको उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले २ लाख ७६ हजार रकम बाँडेर लिएका थिए।

Vianet communication

सडक निर्माणको रकम ३ जनाले ९२-९२ हजार बाँडेको खुलासा भएको थियो। त्यसपछि सबैतिर चर्चाको विषय बनेको छ। रकम बाडेको अडियो सार्बजनिक भएको थियो।

अडियोमा निर्माण व्यवसायी हिक्मत ओली र गाउँपालिका सवइन्जिनियर नबिन विसी पनि यो प्रकरणमा मुछिएका छन्। प्रकरणमा मुछिएका सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको सापकोटाले जानकारी दिए। 

उपभोक्ता समितिका पदाधिकारीहरुले रकम लिएको सार्बजनिक रुपमै स्वीकार गरिसकेका छन् भने निर्माण व्यवसायी ओलीले आफुले रकम नलिएको र काहीँ कतै गलत भेटिए कारबाही भोग्न तयार रहेको बताउँदै आइरहेका छन् ।

उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ४९ लाख ६२ हजार पाँच सय रकम प्रदेश सरकारबाट विनियोजन गरिएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x