मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भदौ १४, २०७७
कर्णाली प्रदेशका अधिकांश नागरिक ज्याला मजदुरी गर्नका लागि भारतका विभिन्न स्थानमा जाने गरेको कुरा बताइरहन आवश्यक छैन । नेपालमा लकडाउन शुरू भएको केही दिनमै ४० हजारभन्दा बढी नागरिक कर्णालीमा भित्रिए ।
उनीहरूमध्ये कोही ५ महिनाका लागि भारत गई फर्कने कोही एक वर्षमा नै फर्कने गरेको थिए । खेती लगाएर भारत जाने र पाक्ने बेलामा घर फर्कने गर्थे कर्णालीका अधिकांश नागरिक, तर अहिले कोरोना महामारीले न कर्णालीवासीलाई काम गर्न भारततर्फ जान दिएको छ न त गाउँमा नै रोजगारीको अवसर पाउन सकेका छन् ।
रोजगारीका अवसर नपाउँदा बालबच्चा कसरी पाल्ने भन्ने चिन्तामा कर्णालीका नागरिक छन् ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ३ का डिल्लीप्रसाद चौलागाईं १८ वर्षभन्दा सानै उमेरमा भारतको उत्तराखण्ड प्रदेशअन्तगत टिहरी गढवाल जान थालेका थिए ।
उनी हरेक वर्ष खेती लगाएर त्यहाँ ज्याला मजदुरी गर्न जान्थे । अनि बाली पाक्ने समयमा घर फर्कन्थे । उनको जीवनका ४३ वसन्त बितेका छन् ।
‘लकडाउन हुनुभन्दा केही दिनअगाडि मात्रै म घर आएको थिएँ । केही समय लकडाउन होला र त्यसपछि त्यहाँ रोजगारीका लागि जाउँला भन्ने सोचेको थिएँ । अहिलेसम्म भारत त टाढाको कुरा भयो, जिल्ला सदरमुकामसम्म निस्कन सकेको छैन,’ लोकान्तरसँग उनले भने, ‘पाँच छोराछोरी र हामी दुई गरी सात जनाको परिवार भारतकै कमाइले पाल्दै आइरहेको थिएँ । अब अहिले छोरा छोरीलाई के दिऊँ के खुवाऊँ भइरहेको छ ।’
उनले भारतमा दैनिक एक हजार भारु कमाउने गरेको स्मरण गरे । ‘यहाँको कमाइले एक छाक खान पनि पुग्दैन । त्यहाँ विदेशीको भारी बोकेर हिमालमा गएको खण्डमा प्रसस्त आम्दानी हुन्थ्यो, यो वर्ष लकडाउनले सबै गुमाउन बाध्य पार्यो,’ उनी भन्छन्, ‘यो लकडाउन छिटो सकिएको भए हुन्थ्यो, बरु भारतमै गएर ज्यालामजदुरी गरेर भएपनि छोराछोरीको लालनपालन गर्न सक्थें ।’
पञ्चपुरी नगरपालिका वडा नं. ६ बाबियाचौरका जगत रोकायाले महाराष्ट्रको मुम्बइअन्तर्गत दहिसरमा रहेको एक सोसाइटीमा चौकीदारी गर्न थालेको १५ वर्ष भयो । उनी घरमा भेट्न आएको अहिले ६ महिनाभन्दा बढी भएको छ । उनी नेपाल आउँदा कोरोना चीनमा आएको भन्ने सुनिएपनि नेपाल र भारतमा भने कोरोना देखिएको थिएन । दुई महिनामा नै उनी दहिसर फर्किने तयारीमा थिए, तर विडम्बना, उनको सपना कोरोना महामारीले ध्वस्त पारेको छ ।
उनी त्यहाँ महिनाको २२ हजार भारु कमाउँथे । उनको घरमा ६ जनाको परिवार छ । बुवाममी, श्रीमती र दुई छोरा छन् । उनका दुवै छोरालाई उनले स्थानीय एक निजी विद्यालयमा पढाइरहेका थिए । उनका बुवाआमा र श्रीमतीको अन्य कुनैपनि रोजगारी छैन । खानका लागि रुखोसुखो रोटी धेरथोर पुगे पनि नयाँ कपडा फेर्न अर्काको देशमा जानै पर्ने बाध्यता रहेको उनले लोकान्तरलाई बताए ।
न घरमा जागिरे कोही छ, न त पसल व्यवसाय नै छ । अर्काको देशमा गएर काम गर्नुपर्ने अवस्था छ । कोरोनाले मेरो रोजीरोटी खोसेको छ । नयाँ कपडा फेर्न, बच्चाबच्चीको फिस तिर्न सकिएको छैन । उनी भन्छन्, ‘सरकारले हामीलाई केही दिएको छैन, रोजगारी दिएको भए हुन्थ्यो, घरपरिवारलाई हातमुख जोर्ने बाटो त्यही हुन्थ्यो ।’
दैलेखको आठबीस नगरपालिका वडा नं. ६ का उदयराम थापा भारतको कुल्लु मनाली जाने तरखरका लागि मकै छर्न भनेर काँडा बागेश्वरबाट चैत ५ गते गाउँ फर्किए ।
उनी हिउँदयाममा अर्थात् तिहार लगत्तै काँडा बागेश्वरमा चुनढुंगा कारखानामा ज्याला मजदुरी गर्न जान्थे भने मकै र धानबाली लगाइसकेपछि उनी असार अन्तिममा भारतको हिमाञ्चल प्रदेशमा स्याउको काम गर्न जाने गर्दथे । उनी अहिले २५ वर्षका भए । १५ वर्षकै उमेरदेखि उनको हरेक वर्षको कामकाज यस्तै थियो । उनी काँडा बागेश्वरबाट कम्तिमा ३० हजार भारु कमाएर घरमै ल्याउँथे भने हिमाञ्चल प्रदेशबाट कम्तिमा ३५ हजार भारु ल्याउँथे ।
त्यो पैसाले उनको जहान र आमाबुवाको खाना खर्च, लत्ताकपडा आउँथ्यो, तर यो वर्ष महामारीका कारण उनले न त गाउँमा कुनै रोजगारी पाउन सके, न त भारत नै जान पाएका छन् ।
यही सिलसिला जारी रहेको खण्डमा म, मेरो परिवार र वृद्ध आमाबुवालाई के गरी पाल्ने ? हातमा कुनै सीप छैन । पसल खोलौँ भने आफूसँग पैसा छैन । उनले दुखेसो पोखे, ‘लकडाउन खोलेपछि ऋण तिरौंला भनेर गाउँमै ऋण कर्जा लिँदै आइरहेको छु ।’
गाउँमा मासिक सय कडा ३ रुपैंया ब्याज दिन्छु भन्दा पनि पैसा पाउन मुस्किल भइसकेको छ ।
‘यस्तो अवस्थामा कसरी बाँचिएला भन्ने भै सक्यो,’ उनले भने ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...