×

NIC ASIA

गत भदौ १६ गते मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गरे । ट्वीटमा भनिएको थियो, ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको छ । द्विदेशीय व्यापार, ऊर्जा तथा ट्रान्जिटका लागि सहकार्य आवश्यकता भएको महसूस गरिएको छ । साथै नेपालमा युरिया मल तत्कालै आयातका लागि मैले गरेको आग्रहमा बंगलादेशकी प्रधानमन्त्री हसिना सकारात्मक हुनुभएको छ ।’

Muktinath Bank

असार–साउनमा रोपेको धानमा मल हाल्ने समयमा बजारमा मल अभाव हुँदा किसान समस्यामा परेपछि प्रधानमन्त्री ओलीले बंगलादेशबाट मल आयात गर्न पहल गरे । यसै सन्दर्भमा प्रधानमन्त्रीस्तरीय फोनवार्ता र मल आयातको विषयले सर्वत्र चर्चा कमायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धान रोप्ने समयदेखि धान गोड्ने समयसम्ममा पनि मल अभावको उही चपेटा भोगिरहेका किसानका लागि प्रधानमन्त्रीको त्यो पहलको समाचारले थोरै भए पनि सान्त्वना दियो । तर मल किसानको खेतमा कहिले पुग्ने हो ? अझै अनिश्चित छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको ट्वीट

Vianet communication

‘मल आयातका लागि प्रधानमन्त्रीस्तरीय छलफल भएपछि हामीले आधिकारिक रुपमा बंगलादेशलाई पत्र पठायौं,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले लोकान्तरसँग भने । उनका अनुसार दुवै देशबीच प्रधानमन्त्रीस्तरीय छलफल चल्नु अगावै अनौपचारिक रूपमा मल आयातबारे कुरा भएको थियो ।

मन्त्रालयले पठाएको पत्रमा बंगलादेश सरकारले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘बंगलादेशको पत्र आएसँगै नेपालमा मल आयात कसरी गर्ने भन्ने प्रक्रियाबारे छलफल शुरू भएको छ,’ उनले भने । नेपालले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल मागेको छ । बंगलादेशमा मल बिक्री गर्ने नीति नभएका कारण पैंचो ल्याउन लागिएको प्रवक्ता केसीले बताए ।

किसानका लागि ‘आकाशको फल’ 

बजारमा युरिया मलको बढी माग साउनको अन्तिम हप्तादेखि शुरू भएको थियो । भदौको तेस्रो हप्ता पूरा हुँदा समेत मल आयात प्रक्रिया अनिश्चित छ । बजारमा मल अभाव भएको १ महिना नाघिसकेको अवस्था छ । सरकारले भने बंगलादेशबाट मल आयात हुने र बजार मागलाई धान्ने बताउँदै आएको छ ।

आयातको प्रक्रिया शुरू भएको १५–२० दिनमा बंगलादेशबाट नेपालमा मल आयात शुरू हुने मन्त्रालयका प्रवक्ता डा. केसी बताउँछन् । तर मल आयातको प्रक्रिया नै शुरू भएको छैन । उनी भन्छन्, ‘हामीले सक्दो छिटो गर्ने प्रयास गरेका छौं ।’

मल निर्यातका लागि बंगलादेशले नेपाललाई पत्र पठाइसकेको छ । पत्रमा कसरी आयात गर्ने, कहिलेसम्ममा आयात गर्ने र पैँचो फिर्ता कहिलेसम्म र कसरी गर्ने भन्नेबारे नेपालको धारणा मागिएको प्रवक्ता केसीले बताए । उनले भने, ‘हामीले प्रक्रिया तथा सबै कुरा उता सिफारिस गरेपछि आयातका लागि बाटो खुल्छ, जुन काम शुरू भइसकेको छ ।’

धानमा युरिया मल हाल्ने अन्तिम समय घर्किनै लागेको नेपाल सरकारका पूर्व सचिव एवं कृषि विज्ञ डा. हरि दाहालले लोकान्तरलाई बताए । ‘बंगलादेशबाट १ महिनाभित्रैमा मल आयात भए पनि यो सिजनको धानले त्यो मल नपाउने देखिन्छ,’ उनले भने, ‘आगामी १ महिनामा त धानमा चामल पसाउन शुरू भइसक्छ । धान किसानको लागि त्यो मल काम लाग्दैन ।’

आयात प्रक्रियाको नै टुंगो नभएको बंगलादेशको मल यसपालि किसानका लागि ‘आकाशको फल’ जस्तै हुने देखिएको छ । 

ठेकेदारले फसाउँदा किसानमाथि धोका

कोरोना महामारीका कारण मल अभाव भएको बताउँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले भने ठेकेदारको छलकपटका कारण किसानमाथि धोका भएको निष्कर्ष निकालेको छ । मल आयातको जिम्मा पाएका २ ठेकेदार कम्पनीले समयमा मल नल्याइदिँदा किसानमाथि धोका भएको प्रवक्ता डा. केसीले बताए । उनी भन्छन्, ‘खरिद नियमावली अनुसार हामीले ठेक्का दिनुपर्ने बाध्यता थियो, उनीहरूले कम मूल्यमा प्रस्ताव गरेका थिए । अहिले आएर उनीहरूले धोका दिए ।’

बजारमा अहिले साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याएको युरिया मल वितरण भइरहेको छ । आइतवारसम्ममा १२ हजार मेट्रिक टनभन्दा बढी मल आयात भएको मन्त्रालयको भनाइ छ । ‘मल आयात भइरहेको छ, वितरण पनि भइरहेको छ, बिस्तारै समस्या हल हुन्छ,’ प्रवक्ता केसीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x