×

NMB BANK
NIC ASIA

नेपाली चलचित्र क्षेत्रले आफ्नो बजारलाई व्यापक बनाउन खोजिरहेको छ । पुस्तान्तरणसँगै चलचित्रमा केही ‘नयाँपन’ समेत भेटिन थालेपछि दर्शक आफ्नै भाषाका फिल्मतर्फ पनि आर्कषित भइरहेका छन् । जीवन्त अभिनय गर्ने कलाकारको नेपाली चलचित्र जगतमा सधै खाँचो भएपनि नाटकीय अभिनय गर्ने कलाकार भने बिस्तारै ओझेलमा पर्दै गएका छन् ।18302309_1523492231036945_230781228_n

कारण, नेपाली समाजको प्रभाव भने होइन ।

बरु विदेशी फिल्मसँगको प्रतिस्पर्धाले गर्दा नेपाली चलचित्रको मेकिङ पक्ष पनि फरक हुँदै गइरहेको छ । विदेशी फिल्म हेरिरहेका दर्शकलाई नेपाली फिल्म पनि रुचाइने बनाइनु पर्छ भन्ने कुरालाई चलचित्रकर्मीले बुझिसकेका छन् ।

पहिले फिल्मको गीत छायांकन गर्न लोकेसन खोज्ने भन्ने परम्परा भए पनि अहिले भने पूरै फिल्म नै कथाको मागअनुसार पूरै फिल्म छायांकन गर्ने प्रचलन पनि बढिरहेको छ ।

चलचित्र ड्रिम्स्, छक्का पञ्जा, लूट लगायतका कैयन् चलचित्रको छायांकन गरेका पुरुषोत्तम प्रधानले अहिले फ्रेस लोकेसनको खोजी हुनु दर्शकको मागलाई निर्माता, निर्देशकले बुझेको बताउँछन् । ‘कुनै जमानामा गीतलाई मात्र राम्रो बनाउनुपर्छ भन्ने थियो । अहिले गीतकै आधारमा पनि लोकेसन खोजिन्छ,’ अहिले सिनेमा उद्योगले छायांकनलाई मुख्य स्थान दिएको बताउँदै प्रधान थप्छन्, ‘पहिलेभन्दा अहिले यातायातको सुविधा थपिनुले पनि नयाँ स्थानमा छायांकन गर्न सहज भएको हो ।’

ठूला बजेटका फिल्मसँग नेपाली चलचित्र उद्योगले गर्नुपरेको प्रतिस्पर्धासँगै छांयाकन र लोकेशनमा समेत विविधता आउन थालेको प्रधान बताउँछन् ।

अर्का चर्चित सिनेमाटोग्राफर सञ्जय लामा यतिबेला ‘रुद्रप्रिया’को छायांकनको पर्खाइमा छन् । उनी फिल्मको पहिलो दर्शक नै सिनेमाटोग्राफर भएको बताउँछन् । चलचित्रको टिमले नेपालमा मात्र होइन, विदेशमा समेत लोकेशनको खोजी गर्न थालेको छ ।

‘नेपालमा पनि धेरै राम्रा लोकेशन छन्, हामीले सिनेमा राम्रो बनाउन विदेशमा लोकेशन खोज्दै जानुपर्छ भन्ने छैन,’ चलचित्र म यस्तो गीत गाउँछुको गीतको शूटिङ माथिल्लो मुस्ताङको लोमान्थाङमा गर्ने योजना पाँच वर्ष पहिलेको भएको बताउँदै भन्छन्, ‘डेढ करोड लगानीमा बन्ने फिल्म बाहिर जान सक्ने स्थिति छैन । नेपालमा पनि उत्कृष्ट लोकेशन छन् । कथाको मागअनुसार लोकेशन खोजिनुपर्छ ।’

नेपाली चलचित्रको प्राविधिक पक्ष केही सुधारोन्मुख भए पनि नेपाली फिल्म क्षेत्र अझै चालीस वर्ष पछाडि रहेको सञ्जय बताउँछन् । ‘हामीले प्रविधिको बढीमा बीस प्रतिशत प्रयोग गर्न सकेका छौं । विश्वमा अझै यस्ता प्रविधि छन् कि, नेपाली सिनेमाटोग्राफरले त देखेका पनि छैनौं ।’, उनी स्वीकार्छन् ।

यतिबेला चलचित्र ‘मिस्टर झोले’ युनिटसँग व्यस्त रहेका छायांकार शैलेन्द्रध्वज कार्की चलचित्रको छायांकन पक्षले मात्र फिल्म राम्रो नहुने बताउँछन् । फिल्म राम्रो बन्नका लागि सबैभन्दा पहिले कथावस्तु नै उत्कृष्ट हुनुपर्ने कार्कीको तर्क छ । ‘हामी भनेको त फिल्मको झ्याल हौं । जग नै बलियो छैन भने सिनेमा राम्रो बन्ने सम्भावना नै हुँदैन,’ शाक्य थप्छन्, ‘यदि कथाको माग नै छ भने लोकेशनले दर्शकको मन जित्छ । तर मुख्य कुरा हामीले कथावस्तु कसरी माझ्ने भन्ने कुरामा ख्याल गर्न सकेका छैनौं ।’

लोकेशनलाई मात्र फोकस गर्न खोजेर मात्र सिनेमा उत्कृष्ट बन्न नसक्ने शाक्यको धारणा छ ।

नेपाली चलचित्रमा छायांकनमा व्यापकता खोजिन थाले पनि लाइट इफेक्टको प्रयोग भने त्यति भएको पाइँदैन । लोकेशनलाई मात्र फोकस गरेर फिल्म क्याप्चर गर्न खोज्दा सिनेमाले चाहेअनुसारको व्यापार गर्न नसकेको कार्की बताउँछन् । ‘सिनेमामा उज्यालो लाइट हुनुपर्छ भनेर निर्माता, निर्देशकले बुझेका छन् । चिल्लो र राम्रो हुँदैमा फिल्म राम्रो हुन्छ भन्ने छैन,’ कार्की आफ्नो अनुभव सुनाउँछन् ।

नेपालमा मात्र होइन, विश्वस्तरमै चलचित्रले नयाँ लोकेशनको खोजी गरिरहेको छ । तर, नेपाली सिने इतिहासमा भने चलचित्रमा अझै पनि गीतका लागि मात्र राम्रो लोकेशनको खोजी गर्ने प्रचलन बढेको छ ।

पछिल्लो समयमा देखिएका केही सिनेकर्मीले भने चलचित्रलाई उत्कृष्ट बनाउन कथामै लोकेशनको खोजी गर्ने प्रवृत्ति पनि बढेको छ ।

विश्व सिने जगतको तुलनामा नेपाली चलचित्रको प्राविधिक पक्ष कमजोर सावित भए पनि अहिले भने नेपाली चलचित्रले पनि आफ्नै बजारसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सरसर्ती हेर्दा केही सिनेकर्मीले राम्रो लोकेशनको खोजी गर्न थालेकाले अरु केही सिनेकर्मीले पनि त्यसैको नक्कल गरेको देखिन्छ । नक्कल नै होस्, तर यस्ता खालको प्रतिस्पर्धाले केही न केही रुपमा भने चलचित्र विकासमा सकारात्मक भूमिका पक्कै निभाएको छ ।

तस्वीरः चलचित्र ‘ए मेरो हजुर २’को गीत ‘कसम हो’को भिडियोबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x