×

NMB BANK
NIC ASIA

उद्घाटनको मुखैमा ३० करोडको रिसोर्ट ठप्प, पर्यटक आउनेमा अझै आशावादी छन् व्यवसायी

भदौ २४, २०७७

NTC
Premier Steels

रिसोर्टमा ३० करोड रुपैयाँसम्मको लगानी भइसकेको थियो । लगानी ठूलै परे पनि अपेक्षा, आशा र उत्साह निकै थियो ।

Muktinath Bank

संयोगले भिजिट नेपाल २०२० पनि परेको । नयाँ वर्षको दिन २०७७ वैशाख १ गतेलाई रिसोर्ट उद्घाटनको शुभमुहूर्त २ महिनाअघि नै तय गरेर त्यसैअनुरुप निर्माण हुन बाँकी संरचना पनि धमाधम बन्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणको अन्तिम चरणमा पुग्नैलाग्दा कोरोना भाइरस संक्रमणको महामारीको प्रभाव तालनगरी पोखरासम्म आइपुग्यो । विडम्बना कसैले सोच्दै नसोचेको संकट घरदैलोमा छिर्‍यो ।


Advertisment
Nabil box
Kumari

चैत ११ गतेदेखि नै देशमा लकडाउन भइदियो । समग्र पर्यटन क्षेत्र तहसनहस बन्यो । शुभमुहूर्तको दिन वैशाख १ गते पनि लकडाउनकै चेपुवामा पर्‍यो । यसरी अझै कति दिन, महिना बित्ने हुन् ? अनिश्चित छ । 

Vianet communication

आफ्नोसहित बैंकसँग ऋण खोजेर यति ठूलो लगानी एक्लै गरेका ४१ वर्षीय जितु गुरुङ कुन मनोदशामा गुज्रिरहेका होलान् ?

अन्यौल, अनिश्चित, अप्ठ्यारोको कालोबादल कहिले फाट्ला भन्ने उनको मनमा आइरहँदो रहेछ । लोकान्तरसँगको कुराकानीमा यी युवा पर्यटन व्यवसायी भोलिको दिन सुनौलो बनेर आउला भन्नेमा आशावादी देखिए । उनी भन्छन्, ‘चाँडै कोरोना भाइरस महामारी हटेर जानेछ र पाहुनाले आफ्नो रिसोर्ट भरिभराउ हुनेछ ।’ 

पश्चिमाञ्चल होटल संघमा आवद्ध ४०० सहित सानाठूला गरी पोखरामा ७०० होटल छन् । यही भीडमा जन्मिन खोज्दै थियो वरपीपल रिसोर्ट । तर कोरोना महामारीले उद्घाटन नै हुन दिएन ।

पोखरा महानगरपालिका–६ लेकसाइडको मणिमार्गमा निर्मित सुविधासम्पन्न रिसोर्ट टाढैबाट देख्न सकिन्छ । रिसोर्टमा ३० करोड रुपैयाँ लगानी परिसकेको सञ्चालक जितु गुरुङ बताउँछन् । रिसोर्टकै लागि भनेर साढे २ वर्षअघि उनले पहाडको भित्तो खारेका थिए । कूल १० रोपनी क्षेत्रफलमा रिसोर्टका ठूला–ठूला ६ वटा बिल्डिङ ठड्याइएका छन् । आफ्नो २ दशक बढीको होटल क्षेत्रमा गरेको मेहनतबाट आर्जेको रकम पूरै यसमै खन्याए । नपुगेको आधाजसो रकम बैंकबाट ऋण लिए उनले ।

रिसोर्टमा आवश्यक सम्पूर्ण सुविधा दिन कुनै सम्झौता गरेका छैनन् गुरुङले । अझ आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न परम्परागत गुरुङ शैली जोड्न खोजेका छन् । यतिसम्म कि रुफटपमा स्वीमिङ पुल बनाएका छन् । केही उचाइमा भएकाले यहाँबाट फेवाताल र शान्तिस्तूपा तथा लेकसाइडको सम्पूर्ण मनोरम दृश्य एकै नजरमा देख्न सकिन्छ । नजिकै जंगल भएकाले स्वच्छ हावापानी, कोलाहलमुक्त त छँदैछ परम्परागत शैली, गार्डेन, लवी, सुविधासम्पन्न रुम, माटोले लिपेका भित्ता, साउना, स्पा, फिटनेस हल लगायत आवश्यक सबैमा राम्रै लगानी खर्चिएका छन् ।

गुरुङका अनुसार रिसोर्टमा सुइट र डिलक्स गरी ३५ वटा कोठा छन् । ७० जना अट्ने हल निर्माण भइसकेको छ भने अर्को २०० जनासम्म अट्ने हलको केही संरचना निर्माण लकडाउन र निषेधाज्ञाले रोकिएका छन् । रिसोर्टमा १५० भन्दा बढी सवारी पार्किङ गर्न सकिन्छ । ‘सर्भिङ नेपाली टेस्ट’ मन्त्रका साथ ग्राहकको गच्छेअनुसार विभिन्न खानाका परिकार पस्किने गरी सम्पूर्ण तयारी हुँदै थियो । नेपालको गाउँबस्तीमा बन्ने घरको बनावटलाई रिसोर्टमा उतारिएको हुँदा निर्माणकै क्रममा चर्चामा थियो । जंगल नजिक केही उचाइमा रहेकाले पनि वरपीपल रिसोर्ट चाँडै नै सञ्चालनको आशामा सबै जना थिए नै । तर कोरोनाले होटल सञ्चालनको योजना प्रभावित बनेको छ ।

जितु गुरुङबैंकको साँवा–व्याज पनि तिर्नुपर्ने होला नि ? लोकान्तरको जिज्ञासामा उनी केही आशावादी देखिए । उनले भने, ‘धन्न मैले ऋण लिएको बैंकले १ वर्षको लागि भाखा पछि सारेको छ । नभए झनै गाह्रो हुने रहेछ । पछि कमाएर तिर्नुपर्ला । अहिले केही कर्मचारीको तलब, बिजुली, पानी लगायतमा रिसोर्ट सञ्चालनमै नआए पनि नियमितजसो खर्च छ ।’ उनका अनुसार रिसोर्टमा कूल ३० करोड लगानीमध्ये आधाजसो एक वाणिज्य बैंकले ऋण दिएको हो । उनले बैंकको नाम भने सार्वजनिक गर्न चाहेनन् ।

उनका अनुसार उद्घाटन मिति तय गरिसकेपछि रिसोर्टमा ९० प्रतिशत बुकिङ भइसकेको थियो । त्यसबेला कुल ५४ जना कर्मचारीको दरबन्दी सिर्जना गरिसकेका थिए । त्यसमा महाप्रबन्धक राजेश फुँयालसहित रिसोर्टका लागि आवश्यक अकाउन्ट म्यानेजर, फ्रन्ट म्यानेजर, फूड एन्ड वेभेरेज म्यानेजर, सेफ, स्टोर किपिङ इन्चार्ज, कूक, वेटर, वेट्रेस, रिसेप्सनिस्ट, क्लीनर, सुरक्षा गार्ड लगायत पोखरा र काठमाडौं ठमेल (रिजर्भेसन अफिस) गरी ५४ जना स्टाफ थिए । शुरूआत हुनुअघि ३ महिनासम्म उनले सबैलाई तलब खुवाइसकेका थिए । तर लकडाउनपछि भने केही कर्मचारीलाई बिदा दिनुपर्ने भयो । नजिकै घर भएका कर्मचारीहरु अहिले बिदामा छन् । हाल २४ जना मात्र कार्यरत छन् । पछि सहज अवस्था भएपछि बाँकीलाई बोलाउने उनले जानकारी दिए । 

पर्यटन क्षेत्रको १ खर्ब २५ अर्ब लगानी जोखिममा

पर्यटन व्यवसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ । तर कोरोना भाइरस महामारीका लागि संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्रको यति ठूलो लगानी डुब्ने खतरामा छ । 

कोरोना भाइरस संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । पर्यटन व्यवसायीले बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धरासायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसाय पुनः लयमा फर्काउन ४–५ वर्षसम्म लाग्ने अनुमान गर्छन् । कोरोना महामारी नभएको भए अहिलेको समय पर्यटकको चहलपहल हुने बेला हो । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको ३ महिनाको अवधिलाई मुख्य पर्यटक सिजन मानिन्छ । 

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘विगतको तुलनामा पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक बन्यो । अब मास टुरिज्म पहिलेझैं फर्काउन धेरै वर्ष कुुर्नुपर्छ । पर्यटन क्षेत्र पुनर्जीवन दिन सरकारले राहतस्वरूप घोषणा गरेको पुनर्कर्जा सुविधा प्राप्त गर्न अनावश्यक झन्झट हटाउनुपर्छ ।’  

ठूला, साना तथा मझौला सबै प्रकारका पर्यटन व्यवसायी पलायन हुनबाट जोगाउन सबै तहका सरकारले समन्वय गर्नु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x