×

NMB BANK
NIC ASIA

जुत्ता चम्काउनेको पीडा : कोरोना रोग त खै, भोकभोकै मर्ने स्थिति आइसक्यो !

भदौ २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम उपमहानगरपालिका–४ विद्यापति चोकमा ३८ वर्षीय संजीव राम विगत ३० वर्षदेखि जुत्ता पालिसको काम गर्दै आएका छन् । तर पछिल्लो ६ महिनादेखि भने उनको परिवारमा २ छाक खाना टार्न समेत समस्या छ ।

Muktinath Bank

‘दिनभर कमाइ गरेर २ छाक खानाको जसोतसो जोहो गरेर गाउँमा परिवारको पालनपोषण गर्दै आएको थिएँ,’ उनले भने, ‘तर पछिल्लो ६ महिनादेखि कमाइ नै नभएपछि कतिपय दिन भोकभोकै बसें । कति दिन नून–रोटी, कतिपय दिन च्युरा मात्र खाएर बस्न बाध्य हुनुपर्‍यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै उपाय नलागेपछि गाउँको साहुबाट ३० हजार रुपैयाँ ऋण–कर्जा लिएर भात खाइरहेको उनले बताए । त्यसअघि नै पुरानो २० हजार रुपैयाँ ऋण रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

महोत्तरीको मटिहानी स्थायी घर भएका संजीव आफूलाई ८ वर्ष हुँदादेखि नै चोकमा जुत्ता पोलिस गर्ने, चप्पल–जुत्ता सिउने, टाल्ने जस्ता काम गरेर जीविका चलाउँदै आएका थिए । त्यसअघि उनका हजुरबुवा भोला राम र बुवा आयोधी राम पनि त्यहीँ काम गर्थे ।

Vianet communication
Laxmi Bank

‘शुरूमा हजुरबुवा र त्यसपछि बुवाले पनि यही चोकमा पालिसको काम गरेर जसोतसो जीवन धाउने काम गर्दै आउनुभएको थियो,’ संजीवले भने, ‘जब म ८ वर्षको भएँ, त्यहीबेलादेखि बुवासँगै चोकमा जुत्ता–चप्पल सिउने काम गर्न थालें ।’

त्यतिबेला चप्पल सिउदा १ रुपैयाँ र जुत्ता पालिस गर्दा ५ रुपैयाँ कमाइ हुने गरेको उनले सम्झिए । ‘दिनमा १०० देखि १५० रुपैयाँसम्म त्यतिबेला कमाइ हुन्थ्यो । तर,अहिले लकडाउन हुनुअघि भने दिनमा ५०० देखि ७०० रुपैयाँसम्म कमाइ हुने गर्थ्यो,’ उनले भने, ‘अहिले जुत्ता–चप्पल सिलाईको १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म, जुत्ता पालिसको ३० रुपैयाँ पाइन्छ । कुनै महिना १८ हजार त कुनै महिना १९ हजार रुपैयाँसम्म कमाइ हुने गरेको भए पनि बचत भने ५–६ हजार रुपैयाँ मात्र हुने गरेको छ ।’

जनकपुरमा बस्ने घरको भाडा मासिक २ हजार रुपैयाँ र पसल थापेको कठघराको मासिक १ हजार रुपैयाँ भाडामै खर्च हुने उनले बताए । पहिले–पहिले सडकपेटीमा नै काम गर्ने उनले २ वर्षअघि कठघरा भाडामा लिएका छन् । प्रत्येक दिन होटलमा नै खाना खाने गरेकाले दैनिक २५० रुपैयाँ २ छाक खानामै जाने गरेको उनी बताउँछन् । ‘काम गर्नका लागि ब्रस, पालिस, धागा, काँटी (किला) लगायत सामान किन्दा नै महिनाको २ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ,’ उनले भने ।

घरमा आमाबुवाका साथै पत्नी रिंकू देवी, छोरीहरू १२ वर्षीय शिवा कुमारी, १० वर्षीय राखी कुमारी, ८ वर्षीय लक्ष्मी कुमारी र छोरा ५ वर्षीय शिवम कुमार सहितको परिवार पाल्न समस्या हुने गरेको उनले बताए । ‘छोरीहरू गाउँकै सरकारी स्कूलमा पढ्छन्,’ उनले भने, ‘श्रीमतीले गाउँमा साहु महाजनको खेतमा ज्याला गर्ने गरेकी छन् ।’

लकडाउन भएपछि जनकपुरमा केही दिन बसेको भए पनि पछि खान समेत समस्या भएका कारण उनी गाउँ फर्किएका थिए । गाउँमा पनि धेरै दिन काम नै नपाएर बसेका उनी गत असारमा पुनः शहर फर्किए । ‘असारमा काम गर्न पाए पनि १ महिनामा ४ हजार रुपैयाँ बचत त गरे तर बाँकी रहेको घर भाडा तिर्न र खानाको पैसामै सकियो । साउनमा फेरि जनकपुरमा लकडाउन भयो र खाली हात नै गाउँ फर्किनुपर्‍यो,’ उनले भने, ‘गाउँमा केही न केही गरु, लेबर मजदुरी नै गरु भने पनि झन् गाउँमा कुनै काम नै नपाउँदा कर्जामाथि कर्जा निकालेर जसोतसो जीवन गुजारा चलाएको छु । कोरोना रोग त खै, भोकभोकै मर्ने स्थिति आइसक्यो !’

भदौ २० गते उनी फेरि जनकपुर आएर आफ्नो काममा फर्किएका छन् । ‘बिहानको ८ बजे पसल खोल्ने गरेको छु, केही घण्टा पसल थापे पनि ग्राहकहरू बढी आउँदैनन्,’ उनले भने, ‘अलिअलि २–४ रुपैयाँ कमायो कि २ बजे पसल बन्द गर्न भनेर पुलिस आइहाल्छन् ।’

गरीब र मजदुरले कमाइ गर्न नपाए त्यसै मर्ने भएकाले लकडाउन सधैंको लागि खोल्नुपर्ने उनले बताए । ‘म जस्तै हजारौं दलित समुदाय जो दिनमा कमायो र रातमा खायो भन्ने अवस्थाको छ, त्यस्तो मानिसले काम नै गर्न पाएन भने कसरी बाँच्ने ?’ उनले भने, ‘बन्द नै गर्नुछ भने हामी सबैलाई दिन र रात खानाको व्यवस्था पनि सरकारले गर्नुपर्‍यो ।’

विगतमा पटक–पटक मधेशमा लामो समयसम्म मधेश आन्दोलन हुँदा पनि काम कहिल्यै नरोकिएको बताउँदै उनले कुनै पनि आन्दोलनकारी कहिल्यै पनि काम बन्द गराउन नआएपनि यसपालि पुलिस नै आएर काम बन्द गराइरहेको उनले गुनासो गरे । गाउँमा ५ धुर घडेरीमा फुसको झुपडीबाहेक कुनै सम्पत्ति नरहेको उनले बताए ।

‘ऋण–कर्जा थपिएको थप्यै छ, लकडाउन सधैका लागि नखुल्ने हो भने हामी गरीब मानिसहरू परिवारसहित सामूहिक आत्महत्या गर्नुबाहेक विकल्प छैन,’ उनले भने, ‘त्यसको सम्पूर्ण जिम्मेवारी त्यही पुलिस, प्रशासन र सरकार हुनेछन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x