कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
भदौ ३०, २०७७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हिमाली जिल्लाको भ्रमणमा दलबलसहित निस्केका छन् ।
झण्डै पन्ध्र दिनको यात्रा तय गरेर मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीसहितका नेता कार्यकर्ताहरु, पत्रकारको टोली जुम्लाबाट मुगुतर्फ प्रस्थान गरेको छ ।
चार दिन अघि गृहजिल्ला कालिकोट गएका मुख्यमन्त्री शाहीले जुम्ला गृह जिल्ला भएका मन्त्री भण्डारी र हुम्ला गृहजिल्ला भएका मन्त्री रावललाई साथमै लगेर गएका हुन । पछिल्लो समयमा कोरोना संक्रमण बढेपनि सबैले पिसिआर जाँच गरेर जिल्ला भ्रमणमा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर शाहीले लोकान्तरलाई बताए ।
उनका अनुसार विभिन्न योजनाको अनुगमन गर्ने, धेरै स्थानमा काम नगरी भुत्तःानी भएको भनिएका योजनाको स्थलगत अध्ययन गर्ने, भ्रष्टाचार भएको भए कारवाहीको प्रक्रिया अगाडी बढाउने, पार्टी कार्यकर्ता तथा स्थानीय पालिकाका जनप्रतिनिधिको गुनासो सुन्ने लगायतका काम मुख्यमन्त्री शाही लगायतको टोलीले गर्ने भएको छ ।
मुख्यमन्त्री शाहीले लोकान्तरसँग कुरा गर्दै प्रदेश सभा सञ्चालन नभइरहेको र बजेट कार्यान्वयनको अन्तिम तयारी भइरहेकाले अनुगमनमा निस्किएको बताए ।
'अहिले यो खाली समय हो । कर्णालीमा अन्य प्रदेशको जस्तो कोरोना संक्रमणको अवस्था भयावह पनि छैन,' उनले लोकान्तरसँग मंगलवार विहान भने, 'त्यसैले खाली समयको सदुपयोग गर्न र भेटघाटमा हामी निस्किएका हौं । कम्तिमा योजनाको आवश्यकता कहाँ छ भन्ने कुराको जानकारी लिन पनि हामी निस्किएका हौं ।'
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...