उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार नजिक, यस्तो छ विवरण

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र रुपमा फैलिँदो छ । हालसम्म उपत्यकामा १४ हजार ८६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म काठमाडौंमा ११ हजार ७४६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला ३८५४ र पुरुष ७८९२ रहेको छ। 

यसैगरी ललितपुरमा संक्रमितको संख्या १३४७ पुगेको छ भने त्यसमा महिला ६१२ र पुरुष ७३५ जना रहेका छन् । यस्तै भक्तपुरमा हालसम्म संक्रमितको संख्या ११८६ जना रहेको छ भने जसमा महिला ५०५ र पुरुष ६८१ जना रहेका छन् । हालसम्म ५२६२ जना निको भएका छन् भने ६८ जनाको मृत्यु भएको छ । यस्तै ललितपुरमा ७७१ जना निको हुँदा ९ जनाको मृत्यु भएको छ भने भक्तपुरमा ५५६ जना निको हुँदा १३ संक्रमितको मृत्यु समेत भएको छ। 


Advertisement

बुधबार मात्रै उपत्यकामा ६१८ जनामा संक्रमण पुष्टि भएको छ भने देशभर १२४६ जनामा संक्रमण पुष्टि भएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्