जयनगर आइपुग्यो रेल, शुक्रबार जनकपुर आइपुग्ने (फोटोफिचर)

काठमाडौं । शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ । रेल बिहीबार साँझ जयनगरस्थित स्टेशनमा आइपुगेको जनकपुरस्थित लोकान्तरकर्मी अजय अनुरागीले जनाएका छन् । 

जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।


Advertisement

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो । 

मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्नेछ । रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।
रेल जनकपुर आउने भएसँगै यहाँका स्थानीय उत्साहित भएका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्