दुई प्रहरी निरीक्षकसहित ३७ प्रहरीमा कोरोना देखियो

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज सङ्क्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी सङ्क्रमित भएका हुन् । सोमा दुई महिला प्रहरी छन् । 


Advertisement

    
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्