×

NMB BANK
NIC ASIA

१२ वर्षीया बालिका १ वर्षदेखि बलात्कृत

असोज २, २०७७

NTC
Premier Steels

गत मंसिर १३ मा आमा घाँस काट्न गएकी थिइन् । घरमा बाबु एक्लै थिए । त्यही बेला बाबुले एक्कासि घरका सबै ढोका बन्द गरे र उनलाई भुइँमा सुताए । खासमा आफूमाथि के हुँदै थियो उनले केही मेसो पाइनन् ।

Muktinath Bank

त्यसपछि बेहोसझैं भइन् । होसमा आउँदा लगाएका कपडा रक्ताम्य थिए । कतै केही भने मारिदिने भन्दै बाबुले धम्की दिए । उनले कसैलाई भन्न सकिनन् । यो क्रम त्यतिमै सीमित रहेन, पटक–पटक दोहोरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडित हुन् दाङको बंगलाचुली गाउँपालिका–२ मर्पेसकी १२ वर्षीया बालिका, जो झन्डै एक वर्षदेखि निरन्तर ६१ वर्षीय ‘झड्केलो’ बुबाबाट बलात्कृत हुँदै आएको खुलेको छ । सात वर्षअघि आमाले दोस्रो विवाह गरेपछि छोरी पनि साथमा झड्केलो बाबुको घरमा आएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

गत मंसिरदेखि आफू उनै बाबुबाट निरन्तर बलात्कृत हुँदै आएको उनले बताइन् । ‘आमा जंगलमा घाँस काट्न गएका बेला ढोका थुनेर बलात्कार गरे । कतै भनेमा मारेर फालिदिने भनेर डराउन दिए,’ उनले भनिन्, ‘त्यसपछि पनि धेरै पटक बलात्कार गरे । घरमा कोही नभएको मौका पारी जबर्जस्ती गर्दै आए । मैले डरले कसैलाई भन्न सकिनँ ।’ यसअघि पहिलो श्रीमतीको हत्या गरी १० वर्ष जेल बसिसकेका कारण उनी (बाबु) सँग सबै डराउने गरेको बालिकाकी आमाले बताइन् ।

Vianet communication

‘पहिलो श्रीमतीको हत्या गरेकाले उहाँसँग गाउँमा सबै डराउँछन् । छोरीले पनि डर लागेर भन्न सकिनछ,’ उनले भनिन्, ‘गत साउनमा एक दिन जंगलबाट फर्कंदा आफैंले देखेपछि छोरीलाई थप अत्याचार नहोस् भनेर मामाघर पठाएँ ।’ सुरुमा डराएर आफूले पनि कतै भन्न नसकेको उनले बताइन् ।

मामाघरमा गएका बेला बालिकालाई हिँड्नै समस्या भएको देखेपछि हजुरआमाले के भयो भनेर सोधेकी थिइन् । उनले यौनांग दुखेको बताएपछि हजुरआमाले सोधखोज गरिन् । ‘यौनांगमा घाउ देखाएपछि नातिनीले सबै कुरा बताई, मलाई पत्याउनै गाह्रो भयो,’ बालिकाकी हजुरआमाले भनिन्, ‘मेडिकलबाट मलम ल्याएर घाउमा लगाइदिएँ । सन्चो भएन । बिस्तारै उसले अनौठा व्यवहार देखाउन थाली ।’ पीडितको जाहेरीपछि प्रहरीले आरोपी बाबुलाई पक्राउ गरेको छ ।

बालिकालाई उपचार र मनोपरामर्शका लागि एक संस्थाको संरक्षणमा राखिएको छ । श्रीमान्लाई प्रहरीले पक्राउ गरे पनि छोरीको अवस्था र श्रीमान् कारबाही नभई छुट्लान् कि भन्ने त्रासले सताइरहेको बालिकाकी आमाले सुनाइन् ।
‘कुनै कारणवश ऊ छुट्यो भने हामी कसैलाई बाँकी राख्दैन । पहिले पनि अपराध गरिसकेको मान्छे हो । सबै डराउने अवस्था छ,’ उनले भनिन्, ‘छोरीको यो हालत भयो । उसलाई दिमागमा नै नराम्रो असर परिसकेको छ । छोरीको यौनांगमा भित्रैसम्म घाउ भइसकेको छ ।’ जाहेरीपछि प्रहरीले बालिकाको मेडिकल जाँच गरायो । ‘भिडियो एक्सरेमा भित्र पनि घाउ भएको देखायो तर तत्काल उपचार भएन,’ बालिकाकी आमाले भनिन्, ‘उपचार गर्नुपर्छ भनेर कसैले भनेन । मैले पनि सामान्य होला भनेर केही गर्न सकिनँ ।

छोरीलाई हिँड्नै, बोल्नै समस्या भएपछि फेरि आत्तिएँ ।’

 

दोषीलाई हदैसम्म कारबाहीको माग

सामूहिक बलात्कारपछि आत्महत्या गरेकी किशोरीका परिवारले दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगीताकुमारी मण्डल गत सोमबार सामूहिक बलात्कृत भएकी थिइन् । टोलका पञ्चहरूले प्रहरीकहाँ जान नदिई ५५ हजार रुपैयाँ लिएर मिल्न दबाब दिएपछि सोही रात उनले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

‘मेरी छोरीका हत्यारालाई कडा कारबाही होस् । कुनै पनि बहानामा छुट नदिइयोस्,’ किशोरीकी आमा रधियादेवीले बिहीबार दिउँसो भावविह्वल हुँदै भनिन्, ‘सयौंको बीचमा पञ्चहरूले मेरी छोरीको बेइज्जत गरे । तिनै पञ्चहरू मेरी छोरीका हत्यारा हुन् ।’ पञ्चायती बस्दा समाजको कुरा समाजमै मिल्नुपर्छ भन्दै दबाब दिएको उनको भनाइ छ । विक्षिप्त बनेकी छोरीलाई पञ्चायतीमा लगेर सबैका अगाडि घटना दोहोर्‍याउन लगाई थप मानसिक तनाव दिएको उनले बताइन् । ‘पञ्चहरूले नानाथरीका कुरा गर्दै मजाक उडाउँदा छोरीले सहन गर्न सकिन,’ उनले भनिन्, ‘त्यही कारण उसले आत्महत्या गरी ।’

किशोरीको बुधबार अन्त्येष्टि गरिएको छ । करिब १२ वर्षअघि भारतको पन्जाब गएका रधियादेवीका पति उमा मण्डल फर्केर आएका छैनन् । ‘गरिबको जिवन जसोतसो चलिरहेको थियो । पापीहरूले हेर्न सकेनन्,’ उनले भनिन्, ‘के आफ्नै खेतबारी जाँदा पनि छोरीचेली बलात्कृत हुनुपर्ने ? अनि पञ्चहरूले नगदमा मिलाउन खोज्ने ? यही हो न्याय ?’ बलात्कार घटनामा संलग्न धर्म मण्डल, विष्णु मण्डल, रञ्जित मण्डल र बबलु मण्डल फरार छन् । कान्तिपुर दैनिकमा दुर्गालाल केसी र अवधेशकुमार झाले खबर लेखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x