काठमाडौंपछि मोरङ, चितवन र सुर्खेतमा धेरै संक्रमित पुष्टि (विवरणसहित)

दिनहुँ कोरोना संक्रमित बढिरहेको काठमाडौंमा शुक्रबारपनि ६९८ जनामा कोरोना संक्रमण पुष्टि भयो । काठमाडौंमा जारी निषेधाज्ञा हट्नुका साथै बाहिरबाट पनि सर्वसाधारण धमाधम भित्रिन थालेपछि संक्रमणको जोखिम थप उच्च बनेको विज्ञहरु बताउँछन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार चितवन, मोरङ र सुर्खेतमा समेत १०० बढी संक्रमित पुष्टि भएका छन् । 
मन्त्रालयका अनुसार मोरङमा ११८, चितवनमा १९१ र सुर्खेतमा ११७ जनामा संक्रमण पुष्टि भएको छ । 
यसो त शुक्रबार हालसम्मकै धेरै २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्