कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ ।
मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो ।
मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले रु १० देखि १५ हजारका दरले गैरकानूनी ढंगले रकम असुलेको पाइएको समाचार आइरहेको थियो ।
स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए ।
छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रीता लम्सालले जानकारी दिइन् ।
लाभग्राहीबाट रकम उठाएको विषयमा अनुसन्धान गर्दा प्राविधिकले रकम उठाएको पुष्टि भएको र आरोप लागेका प्राविधिक आफैँले पनि गल्ती स्वीकारेपछि लाभग्राहीबाट लिएको रकम फिर्ता गर्ने शर्तसमेत राखेर जागीरबाट बर्खास्त गरिएको निमित्त प्रमुख लम्सालको भनाइ छ ।
‘जसको पैसा हो उसैलाई फिर्ता दिनू भनेका छौं,’ निमित्त प्रमुख लम्सालले भनिन्, ‘जागीरबाट पनि बर्खास्त गरिसकेका छौं ।’
श्रीचौरमा खटिएका डकर्मी कर्णबहादुर तामाङ र प्राविधिक खतिवडाले भूकम्पपीडित लाभग्राहीबाट घर पास गर्न घुस रकम लिएको भन्दै लाभग्राहीले गुनासो गरेका थिए ।
श्रीचौरका करीब ३० लाभग्राहीबाट डकर्मी तामाङ र खतिवडाले रु १० देखि १५ हजारका दरले रकम उठाएको खुलेको छ । प्राविधिक खतिवडाले स्थानीयवासीबाट रकम उठाउन पुनःनिर्माणमा खटिएका डकर्मी तामाङलाई परिचालन गरेका थिए ।
डकर्मी तामाङलाई पनि कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकले खबरदारी गरेमा यस्ता गलत कार्य नहुने जनाउँदै जिल्लाका अन्य ठाउँमा पनि त्यस्तो भएको भए जानकारी गराउन जिल्ला आयोजना कार्यालयले आग्रह गरेको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...