माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
‘बाबा’ को दर्शन गराउने भन्दै ‘बलि दिन’ युवतीहरूलाई फकाएर भारत लैजाँदै गरेको भन्दै प्रहरीले बुधबार दुई जनालाई सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको लहान नगरपालिका–१९ का ३२ वर्षीय विवशकुमार साह र सप्तरीकै कृष्णश्रवण गाउँपालिका–४ का २९ वर्षीय मोहमद साहिल अन्सारी छन् ।
भारत लैजाँदै गरेको अवस्थामा सप्तरी दौलतपुरकी १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ की २२ वर्षीया सूचीकला चौधरीको उद्धार गरिएको भन्टाबारीस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) का प्रहरी निरीक्षक भुवन खड्काले बताए ।
‘भारतको एक मन्दिरमा बाबाले गर्ने पूजामा बलि दिन लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको हो,’ खड्काले भने, ‘फकाएर लैजाँदै गरेका दुई जना युवकलाई पक्राउ गरिएको छ ।’
युवतीहरूलाई लिएर सुनसरीको कोसी गाउँपालिका–८ पूर्वीटोल हुँदै भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ तर्फ जान लागेको अवस्थामा दुवै देशका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको खड्काले बताए ।
योजनाकारसमेत रहेका उक्त गिरोहका नाइके मन्सुरी रहेको प्रहरीले जनाएको छ । सीमामा दुवै देशका सुरक्षाकर्मीले सोधपुछ गर्दा साह र मन्सुरीले भारतको एक मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउन युवतीलाई लैजान लागेको बयान दिएका छन् ।
शंका लागेपछि प्रारम्भिक अनुसन्धान गर्दा दुवै युवतीलाई विभिन्न प्रलोभन देखाएर बलि दिन लैजाँदै गरेको रहस्य खुलेको खड्काले दाबी गरे । धार्मिक अन्धविश्वासका कारण भारतमा मानव बलि दिने प्रचलन अझै कायम छ । कान्तिपुर दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...