उद्योगमन्त्री भट्टले सार्वजनिक गरे १७ पेज लामो कार्य प्रगति विवरण [विवरणसहित]

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मन्त्री भएदेखि आजसम्म गरेका काम तथा प्रगति विवरण सार्वजनिक गरेका छन् । 

विवरणमा उनले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्नु, लकडाउन र निषेधाज्ञाका दौरानमा आपूर्ति व्यवस्थामा कुनै संकट आउन नदिनु लगायतका कामहरू समावेश गरेका छन् । 


Advertisement

१७ पेज लामो प्रगति विवरणमा उनले  कोभिड १९ को विषम परिस्थितीका बाबजूद आर्थिक वर्ष २०७६/७७मा ३८ अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ११.२९७ प्रतिशत थप रोजगारी सिर्जना हुने प्रतिवद्धता प्राप्त भएको उल्लेख गरिएको छ । 

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आवमा भन्दा ४९.१ प्रतिशत बढी विदेशी लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । 


Advertisement

हेर्नुहोस् मन्त्री भट्टको कार्य प्रगति विवरण
 

 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्