×

NMB BANK
NIC ASIA

'कुशासनको देश'

असोज १६, २०७७

NTC
Premier Steels

रमेश थापा–

Muktinath Bank

हे नागरिक !
भयो चुप लाग,
ननिकाल
व्यर्थै बेसहारा आवाजहरू,
अधिकार छ
स्वतन्त्रता पनि छ
संविधानमा लिपिबद्ध छ
कानूनका हर कुराहरु
तर
कानुनको तराजु समात्नेहरूमा
छैन समानताको मगज
मात्र छ शक्तिको दम्भ
छैन न्यायको प्रतिबिम्ब
मात्र छ स्वार्थ र शोषणका अनुहारहरू ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हे नागरिक !
भयो सहेर बस
पुलिस प्रशासनको दमन,
नखोज निहुँ
भुलेर पनि उनीहरुसँग
सरकारले उनीहरुलाई
राखेका छन् भाङ खुवाएर
उनीहरु नै हुन्
दाइने हात सरकारको
नेता र मन्त्रीको सुरक्षाबाहेक
सोच्ने फुर्सद छैन
मात्र मस्त छन् स्यालुट ठोक्नमा
बरु सघाउँछन् उनीहरु
अवैध धन्दा र तस्करहरूलाई ।


Advertisment
Nabil box
Kumari

 

Vianet communication

हे नागरिक !
भयो छाडिदेऊ अब
सुशासनको बिगुल फुक्न,
धाऊ सरकारी कार्यालय बारम्बार
निसर्त मान
उनीहरुका सिद्धान्तहरू
जाऊ प्राइभेट अफिसहरूमा पनि
जहाँ संविधानका फरक धारा
र अनुसूचीहरूको व्याख्या
निर्विकल्प आत्मसात् गर
भो नउडाऊ
लोकतन्त्रको उपहास
बस् ढोग गर
कर्मचारीतन्त्र र नातावादलाई ।

हे नागरिक !
भयो बन्द गर
शान्तिको नारा घन्काउन,
जुन श्री ३ ले सुने
सुने श्री ५ ले पनि
अब सुन्ने छैनन्
नयाँ श्री ६ हरुले
कारुणिक र रोदनका गीतहरू
जो बदल्छन्
चीत्कारलाई पनि अट्टहासमा
छैन कत्ति पनि
सद्भाव र सहिष्णुताको लक्षण
छ त सामन्ती सोचाइ र प्रवृत्ति
समृद्धि चाहने राजाहरूमा ।

 

हे नागरिक !
भयो नउठाऊ
विकासका एजेण्डाहरु,
बरु भत्काउन देऊ
ऐतिहासिक संरचनाहरु
मास्न देऊ
प्रकृतिका सुन्दर खानीहरू
अनि रमाऊ वाकवाकी आउने
धुलो, धुवाँ र दुर्गन्धमा
कहिल्यै नपोख 
पीर,व्यथा दशाननहरुसँग
नगर आशा कत्ति पनि
आमा टोक्ने कुलङ्गार राष्ट्रघातीहरूसँग
खान देऊ देशको आयु रहेसम्म ।

हे नागरिक !
भयो नगर दौडधुप,
थुन झ्यालढोका
बस भोकभोकै बेरोजगारी
नखोज श्रमको मूल्य
बेच शरीरका बहुमूल्य अङ्गहरु
र तिर राज्यलाई कर
राख धितो पाखापखेरा
र चुक्त्याऊ राष्ट्रको ऋण
सहज होस्
देश हाँक्ने पाइलटहरूलाई
स्वस्फुर्त ल्यान्डिङ गर्न
कमी नहोस् सुविधाको
जिउन नेताहरुलाई ।  ​
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x