×

NMB BANK
Dabur

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समेत दिनुपर्ने हुन्थ्यो । त्यतिबेलाको घरघरको कहानी नै हो यो । सानोले तमाखु भर्नुपर्ने, सल्काएर दिनुपर्ने । बुढाहरू पनि कस्ता ? देखासिकीको कुरा हो, बालबालिकामा नराम्रो लत बस्छ भन्नेसम्म पनि नसोच्ने । गोपाल तमाखु भर्थ्यो । बाबु र दाजुले सल्का’र दे न भन्थे । यसैबाट उसको लत बस्यो । घरमा हुँदा हुक्का गुडगुड्याउँथ्यो बाहिरफेर जानुपर्दा सुल्फा वा सोली तान्थ्यो । 

Sagarmatha Cement
Muktinath Bank

वनारस गएपछि भने आपत पर्‍यो । कहाँ हुक्का पाउनु, कहाँ सुल्फा वा सोली । तथापि खाने मुखलाई जुँगाले छेकेन । सुल्फा सोलीको सट्टा बिँडी तान्न थाल्यो । तिनताका वनारसमा सुन्दर बिँडी लोकप्रिय थियो । प्रायः वनारसीहरू यही खान्थे । उसले पनि त्यसैलाई रोज्यो, तर भइदियो के भने विद्यालयका कुनै सहपाठीले देखेछ र प्रधानाध्यापकलाई भनिदिएछ । त्यसपछि त के चाहियो र, प्रधानाध्यापक यसरी बम्के कि ‘ब्राह्मण होकर बिँडी पिते हो ? कैसे ब्राह्मण हो ?’ भन्दै विद्यालयबाटै निकालिदिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब पर्‍यो अर्को आपत ! न खाने ठाउँ रह्यो, न बस्ने स्थान । उसले आइन्दा यस्तो गर्दिनँ भनेर रोइकराइ नगरेको होइन, तर प्रधानाध्यापक यति कडा थिए कि सुन्ने कानै लगाएनन् । जब उसले आइन्दा खान्नँ भनेर कसम खायो त्यसपछि भने के लागेछ कुन्नि विद्यालयको एउटा कुनामा बस्नसम्म त दिए, तर भातभान्छा चाहिँ चल्दैन भनेर हिँडे ।  


Advertisment
SBL

त्यसपछि ऊ अछुतमा गनियो । पानी चलेन, भातभान्छा हटक भयो । तीन दिनपछि पुनः रोइकराई गर्दा कडा शर्त राख्दै भने–

Vianet communication
Laxmi Bank

‘भातभान्छाका लागि सूर्योदय अघि दशाश्वमेध घाटमा १०८ पटक गङ्गा स्नान गरी प्रायश्चित गर्नुपर्छ । पुसको महिनामा सूर्योदयअघि १०८ पटक गङ्गा स्नान गर्नु चानचुने काम होइन । तथापि उसका लागि कुनै विकल्प थिएन । त्यसैले हुन्छ गुरु भन्दै भोलिपल्ट बिहान गङ्गा स्नान गर्न हिँड्यो । साक्षीका लागि गुरुले उनै चुक्ली लगाउने सहपाठीलाई पठाइदिए । शर्तअनुसार स्नान गरी सुनपानी तथा गउँत छर्केर जनै फेरेपछि मात्र उसको भातभान्छा चल्यो । 

यसरी उसको भातभान्छा चले पनि बिँडी तान्न नपाएकाले बेचैनी भने बाँकी नै रह्यो । दिनभर के छुट्यो के छुट्यो हुन थाल्यो । न राम्ररी पढ्न मन लाग्यो, न शारीरिक फुर्ती नै देखियो । नितान्त एक्लो र असहाय लाग्न थालेपछि खैनी खान शुरू गर्‍यो । लुकीलुकी खैनी माड्थ्यो र मुखमा च्यापेर हिँड्थ्यो । चुना हालेर माडेको सुर्ती खासै नगनाउने भएकाले कसैले पनि चाल पाएनन् । यसरी सन् १९७६ देखि १९८३ सम्म सात वर्ष बितायो र यही नै वनारसको चिनो बोकेर काठमाडौं फर्क्यो । 

एकैछिन मुखमा चेप्न नपाए बेचैन हुन्थ्यो र कवि शिरोमणि लेखनाथ पौड्यालले ‘लड्छन् ढुन्मुनिएर अम्मली सरी घोप्टो र चेप्टो परी’ भनेजस्तै साँझबिहान रात, अबेर/सबेर केही नभनी दौडिएर खैनी किन्न पुग्थ्यो । यसरी उसले पहिले खैनी खायो पछि गएर बिस्तारै उसलाई खैनीले खान थाल्यो । ग्यास्ट्रिकले यति बढी सतायो कि जति नै उपचार गर्दा पनि ठीक भएन । औषधिले ठीक नगरेको त किन हुन्थ्यो र खैनी खान नछाडेकाले जस्तोकोतस्तै भएको थियो ।  

काठमाडौं आएपछि यता हुँदो खैनीको खासै चलन नभएकाले चुरोट तान्न थाल्यो । त्यति बेला नेपालमा याक चुरोट यति लोकप्रिय थियो कि हिमाल, पहाड, तराई यसैको खोजी हुन्थ्यो, हिजोआज के छ कुन्नि । सरकारले जनकपुर चुरोट कारखाना बन्द गरेकाले शायद छैन होला । विडम्बना नै भन्नुपर्छ, राजनीतिक स्वार्थका कारण बाँसबारी छालाजुत्ता कारखाना बन्द भएपछि फिटराइट र शिखर शूज कम्पनीले बजार पाए ।

जनकपुर चुरोट कारखाना बन्द भएपछि सूर्य टोबाकोले बजार पायो । तत्कालीन शासकहरूले कान्तिपुरलाई उठाउन गोरखापत्र पनि बन्द गर्न नखोजेका होइनन्, तर त्यो भने सम्भव भएन । सुखद् नै मान्नुपर्छ, २०४८ सालपछि प्रकाशित हुन थालेको कान्तिपुरले बजार पिटे पनि शताब्दी नाघेको गोरखापत्र चलिरहेको छ । 

जे होस्, गोपालको लत खैनीबाट चुरोटमा बस्यो । एक बट्टाजति त दिनमै उडाउँथ्यो । उता ग्यास्ट्रिक यति बढेर गएको थियो कि अल्सरकै रूप लिसकेको थियो, तथापि चुरोट छाड्न भने सकेन । मूर्खता पनि हेरौँ न कस्तो ? आफूलाई संगतले बिगार्‍यो भन्ने जान्दाजान्दै चुरोट सकिएको बेला स–साना नानीहरूलाई किन्न पठाउँथ्यो । धन्य उसले जस्तो उसका बालबालिकाले भने तान्न सिकेनन् । जब चुरोट खानेलाईभन्दा धुवाँ सुघ्नेलाई बढी असर गर्छ भन्ने थाहा पायो त्यसपछिचाहिँ चुरोट छाडेर पुनः खैनी खान थाल्यो । त्यतिबेला नेपालमा बलबान छाप खैनीको बजार थियो । एक पाकेटले झण्डै तीन दिन पुग्थ्यो । 

उसले खैनी खाने काम पनि जारी राख्यो ग्यास्ट्रिकको बढ्ने क्रम पनि जारी रह्यो । उपचारको क्रममा झण्डै छपटक जति त इन्डोस्कोपी नै गरायो । पहिलोपटकको इन्डोेस्कोपीले तल्लो पेटमा सानो घाउ देखाएकाले ४२ दिनसम्म दबाइ खान परेको थियो, तर केही समयपछि पहिलेको जस्तै भयो । पुनः ग्यास्ट्रिकले दुःख दिन थालेपछि दोस्रोपटक इन्डोस्कोपी गरायो ।

यतिबेला भुँडीको एउटा अंशको बायोप्सी गराउनुपरेको थियो, जसले पेटमा कीरा छ भन्ने देखायो । कीरा पनि कस्तो ?, जसलाई कुनै एक चिकित्सकले आफ्नै पेटमा राखी अनुसन्धान गरेका रहेछन् । यसैका कारण उनलाई त्यस वर्षको नोबेल पुरस्कार दिइएको रहेछ । १५ दिन औषधि खाएपछि त्यो पनि ठीक भयो । त्यसपछि पनि उसले गोडाचारेकपटक इन्डोस्कोपी गराइसकेको छ, तर ग्यास्ट्रिक भने जस्तातस्तै छ । न उसले खैनी खान छाडेको छ, न ग्यास्ट्रिकले छाडेको छ ।  

यो अम्मल भन्ने चिज कस्तो ? यसले राम्रो गरेको छैन भन्ने पनि थाहा छ । घरपरिवारले राम्रो मानेका छैनन् भन्ने पनि थाहा छ । सबैले नखाऊ, खान हुन्न भन्ने गरेको पनि थाहा छ । तैपनि छाड्न भने सकेको छैन । डाक्टर, वैद्यले त फाइदा गर्दैन भन्नेसम्म हो, छाड्ने काम त अम्मली आफैंले गर्नुपर्छ, तर उनीहरू यस्तो गर्न सक्दैनन् । सरकारहरू पनि धूमपान स्वास्थ्यका लागि हानीकारक छसम्म त भन्छन्, तर तिनका उत्पादनमा रोक लगाउन सक्दैन । यो कुनै एउटा देश वा सरकारले मात्र गरेर हुने काम होइन । यसका लागि संसारभरिकै सरकारहरू गम्भीर हुनुपर्छ, तर त्यतातिर सोच्ने फुर्सद नै छैन कसैलाई पनि, जसले गर्दा उत्पादन पनि बढेको छ, उपभोक्ता पनि बढेका छन् । धन्य हो अम्मल, धन्य हुन् अम्मली, अनि धन्य उत्पादकहरू !

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x