×

NMB BANK
NIC ASIA

दशैं सम्झना : नयाँ लुगा किनेर फर्किँदा नहरमा खसेको कहिल्यै बिर्सिँदैनन् प्रमोद खरेल

कात्तिक ३, २०७७

NTC
Premier Steels

यसपटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

Muktinath Bank

यो वर्ष दशैं, दशैं जस्तो छैन । त्यसैले खासै उत्साह छैन । स्वास्थ्य नै ठूलो कुरा हो । समय र परिस्थिति राम्रो भयो भने अर्को वर्ष धुमधाम दशैं मनाउने योजनामा छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो पटक दशैंमा मिस भएको कुरा के हो ?


Advertisment
Nabil box
Kumari

यो वर्ष दशैं नै मिस भइरहको छ । रमाइलो, आफ्ना आफन्तसँग भेटघाट । घुमघामदेखि सांस्कृतिक कार्यक्रमहरू केही छैन । शायद जीवनमा कहिल्यै यो किसिमको दशैं मैले याद गरेको छैन । दशैं त आएको छ, तर केही छैन ।

Vianet communication

जिन्दगीमा सबैभन्दा सम्झनलायक दशैंको सम्झना के हो ?

बच्चा हुँदाको धेरै कुरा याद आइरहेको छ । त्यो सानो उमेरमा पिङ, गाउँभर दिनभरि टीका लगाउन जाने, पैसा थाप्ने । मीठोमीठो खानेकुरा खाने । धेरै कुराको सम्झना छ नि !

दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?

आफन्तसँग भेटघाट र आशीर्वाद नै यसको पहिचान हो । शायद योभन्दा अरू ठुलो कुरा के नै हुन सक्ला र ! शायद त्यसैले भनिएको होला, दशैं नेपालीहरूको सबैभन्दा ठूलो चाड हो ।

दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ? अहिले कसरी सपिङ गर्दै हुनुहुन्छ ? के–के किन्दै हुनुहुन्छ ? को–कसका लागि किन्दै हुनुहुन्छ ?

सपिङ त गर्ने पर्छ नि ! तर दशैं भन्दैमा अनियन्त्रित सपिङ गर्ने बानी चाहिँ छैन । यसपटक सपिङ छैन । कोरोनाले बजार जाने राम्रो अवस्था छैन । पुराना लुगा लगाएरै यसपटकको दशैंलाई बिदाइ गर्ने हो ।

दशैंको राम्रो नराम्रो पक्ष के–के हो ?

यो हाम्रो महत्त्वपूर्ण चाड हो । नराम्रो त्यस्तो केही छैन । कतिपयलाई काटमार नराम्रो लाग्न सक्छ । यस विषयमा मैले खासै केही बोल्दिनँ । राम्रो त दशैं एक पहिचान हो, संस्कृति हो ।

दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?

समयको माग हो । अचाक्ली व्यस्तता । जीवनशैलीमा आएको फेरबदल । जीवन जिउने शैली नै परिवर्तन भएपछि केही परिवर्तन त आउँछ नि !

दशैंका बेला खानपानमा ध्यान नदिएर धेरै मानिस बिरामी हुने गरेको थाहै छ, केही सुझाव दिन सक्नुहुन्छ ?

दशैंमा मात्र हैन खाने कुरामा अन्य समयमा पनि ध्यान दिन जरुरी छ । खासमा दशैंको समयमा चिल्लो, पिरो र आवश्यकभन्दा धेरै खाने र खानपानको कम्बिनेसन मिलाउन नसक्दा बिरामी पर्ने गरिन्छ । स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही छैन, एकदमै ख्याल गरौं ।

सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?

दशैंमा लुगा किनेर भद्रपुर बजारबाट फर्किदाँ झुक्किएर हिलोमा लडेको थिएँ । हात पखाल्न नहरमा निहुरिएको समयमा एक्कासि डुबेछु । धन्न ममीले कसरी कसरी किनारबाट तानेर बचाउनु भएछ । धन्नै केही भएन । त्यो घटना जिन्दगीभरि कहिल्यै बिर्सन सक्दिनँ ।

दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?

समय । दशैंको माहौल यस्तो अजीवको हुन्छ नि, जुन माहोलले दशैं आएको फील हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x