प्रदेश सभा सदस्य विष्टले गरे दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा

कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले दशैं भत्ता वापत उनको खातामा गएको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

लोकान्तरले कर्णालीका सात हजार भन्दा बढि जनप्रतिनिधिले दशैं भत्ता लिएको समाचार प्रकाशन गरेसँगै प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले सोमबार नै पचास हजार विभिन्न आश्रम र व्यक्तिहरुलाई हस्तान्तरण गरिसकेकी छिन् ।


Advertisement

सांसद विष्टले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सबैलाई कोरोना कोषमा रकम जम्मा गर्न समेत आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'उपरोक्त सम्बन्धमा बिभिन्न मिडियाहरुमा संसदहरूले दशैं खर्च बुझेको कुरा भाइरल भैरहेको र अर्कोतिर देश कोभिड १९ ले पुरै सल्किरहेको अवस्थामा बिरामी र आम जनताको स्वास्थ्य र संबिधानतः प्राप्त मौलिक अधिकारलाई ख्याल नै नगरी ल्याइएको उक्त भत्ता रकम कोरोना संक्रमितको उपचारमा खर्च गर्नेगरी फिर्ता गरेको जानकारी गराउँदछु । साथै समय परिवेशलाई ख्याल नै नगरी जनतामा नकारात्मक प्रभाव पर्ने गरी व्यबस्था गरिएको यस्तो रकमलाई संस्थागत रुपमा नै कोभिड १९ खर्च कोषमा स्थानान्तर गर्न कर्णाली प्रदेशसभा सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु । एबम् सबै तहका सचिवालय र सरकारहरु मार्फत बितरण गरिएको जनतामा नकारात्मक सन्देश दिने यस्तो रकमलाई जनप्रतिनिधिहरुले व्यक्तिगत रुपमा फिर्ता गर्ने कार्य सकारात्मक हुँदाहुँदै पनि बजेट बितरण गर्ने प्रणालीलाई तत्काल संस्थागत रुपमा नै खारेज गरी उक्त बजेटलाई एकमुष्ट कोरोना बिरामीको उपचारमा लगाउन बिशेष ध्यानाकर्षण गराउन चाहन्छु ।'


Advertisement

बिषय ः बिशेष ध्यानाकर्षण । उपरोक्त संबन्धमा बिभीन्न मेडीयाहरुमा संसदहरुले दशैं खर्च बुझेको कुरा भाइरल भैरहेको र...

Posted by Thammar Bista on Monday, October 19, 2020
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्