×

NMB BANK
NIC ASIA

खुल्दै श्रमिक सूचना बैंक, सीप सिकेर फर्किनेलाई अवसर

कात्तिक ४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : सामाजिक सञ्जाल
Premier Steels
Marvel

सरकारले श्रमिक सूचना बैंक स्थापना गर्न लागेको छ । श्रमिकको आधारभूत पहिचान हुने गरी विभिन्न निकायसँग रहेका विवरण समेटी जनशक्ति योजनाका लागि बैंकको स्थापना गर्न लागिएको हो । यसका लागि कार्यविधि बनिरहेको छ ।

Muktinath Bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमयोग्य जनशक्ति (दक्ष, अर्धदक्ष र अदक्ष) को वैयक्तिक एकीकृत विवरणका लागि बैंक स्थापना गर्न लागेको बताए । उपलब्ध हुने रोजगारका अवसर र सीपमूलक तालिमबीच तादात्म्य हुन नसकेकाले बैंक आवश्यक परेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँ रोजगारदाताले भनेजस्तो काम गर्ने मान्छे भेट्टाउँदैन । श्रमिकले खोजेजस्तो रोजगारदाता भेट्दैन,’ उनले भने, ‘यो खाडललाई पुर्ने काम श्रमिक सूचना बैंकले गर्नेछ ।’ विदेशबाट सीप सिकेर फर्केका कामदारको विवरण श्रम बैंकमा राखेपछि रोजगारी सिर्जना गर्न सहज हुनेछ ।


Advertisment
Nabil box
Kumari

चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमले सबै स्थानीय तहका रोजगार सेवा केन्द्र र रोजगार सूचना व्यवस्थापन प्रणालीलाई थप विकसित गरी श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेको थियो । सरकारले यो बैंकबाट ५० हजार जनालाई रोजगार दिन एक अर्ब रुपैयाँसमेत छुट्याएको छ ।

Vianet communication
Laxmi Bank

औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको एकीकृत विवरण सरकारसँग छैन । श्रम सर्वेक्षण २०१७ अनुसार ७० लाख ८६ हजार जना रोजगारीमा संलग्न छन् । ९ लाख बेरोजगार छन् भने ५४ लाख ६४ हजार गरिबीको रेखामुनि छन् । उनीहरूको पूर्ण विवरण कतै पनि छैन ।

‘श्रम गर्न सक्ने १८–५९ वर्षका नेपालीको रोजगार, स्वरोजगार र बेरोजगारको विवरण राज्यसँग रहनुपर्ने हो । त्यो नहुँदा नीतिमै असर गरेको छ,’ मन्त्री यादवले भने, ‘कृषि, निर्माण वा सेवा क्षेत्रलगायत औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेका श्रमिकलाई बिकाउने र टिकाउने काम श्रमिक सूचना बैंकले गर्नेछ ।’

बैंकमार्फत रोजगारदाता, श्रमशक्ति र तालिम प्रदायक निकायलाई एकै ठाउँमा जोड्ने योजना रहेको श्रम मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डे बताउँछन् ।

‘रोजगार सेवा केन्द्रले स्थानीय तहमा भएका बेरोजगारको सूची तयार गर्थ्यो । रोजगार दिने र लिने गरी दुई पक्षको मात्रै आबद्धता थियो,’ उनले भने, ‘यसमा तीन पक्षको अनिवार्य आबद्धता हुन्छ । तालिम प्रदायक संस्था पनि जोडिन्छ । कसलाई कस्तो श्रमिक चाहिन्छ, कसले आफ्नो सीपअनुसार रोजगारी पाउँछ, कसलाई के सीप दिने भन्ने यही बैंकमार्फत एकीकृत रूपमा विवरण दिइन्छ ।’

श्रम मामिलाका विज्ञसमेत रहेकी सांसद विन्दा पाण्डेले सीपयुक्त श्रमशक्तिको सूचना स्थानीय तहले पाउने गरी संरचना बनाउनुपर्ने बताइन् । ‘सिंहदरबारमा राखेको श्रमशक्तिको सूचनाले स्थानीय तहमा काम गर्दैन,’ उनले भनिन्, ‘श्रमिकलाई सहुलियत ऋण दिने कुरा छ, यो प्राप्त कसरी गर्ने ? कहाँबाट पाउने ? स्थानीय तहबाट पनि पाउने गरी व्यवस्थापन गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा  होम कार्कीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x