×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश सांसदहरूले पनि गर्न थाले दशैं भत्ता फिर्ता

कात्तिक ५, २०७७

NTC
Premier Steels

कोरोनाकालमा समेत संघीय सांसदले धमाधम भत्ता बुझेको लोकान्तर डटकमले खुलासा गरेपछि त्यसको असर गण्डकी प्रदेशमा पनि परेको छ । 

Muktinath Bank

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चाका सांसदको दशैं भत्ता फिर्ता हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदीय दलका सबै सदस्यको भत्ता फिर्ताको निर्णय भएको जानकारी दिएका हुन् । सो रकम प्रदेशको कोरोना कोषमा जम्मा गरिनेछ। संसदीय दलमा नेकपाका ४० सांसद छन्।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री गुरुङले बुधबार बिहानमात्र मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता फिर्ताको निर्णय गरेको र दिउँसो दलको छुट्टै निर्णय भएको जानकारी दिए । सभामुख र उपसभामुखले दल त्याग गर्नुपर्ने भएकाले उनीहरुले भने रकम फिर्ताबारे केही बोलेका छैनन् । मन्त्रीपरिषद् बैठकपछि सांसद पनि भत्ता फिर्ता गर्ने दबाबमा परेका हुन्।

Vianet communication

उता, प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार नै दशैं खर्च वापत प्राप्त भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेशमा काँग्रेसका १५ सदस्य छन्। 

राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि फिर्ताको निर्णय गरिसकेका छन् ।

अब जनता समाजवादी दलको धारणा सार्वजनिक हुन बाँकी छ । उसका २ सांसद छन्। गण्डकी प्रदेश सभामा कुल ६० सदस्य छन् । तीमध्ये प्रत्यक्ष निर्वाचित ३६ र २४ समानुपातिक सांसद हुन्।

प्रदेशसभा सचिवालयका सहलेखापाल तुलसीराम आचार्यका अनुसार चाड वाड खर्च शीर्षकमा गत असोज अन्तिम साता नै सभामुख, उपसभामुख, सांसद, तिनका स्वकीय सचिवको गरि कुल ४१ लाख रूपैयाँ खातामा जम्मा गरिएको जानकारी दिए । तीमध्ये सभामुख, उपसभामुख, सांसद गरि ५२ जनाको मात्र २७ लाख ४ सय ८० रूपैयाँ छ। बाँकी रकम स्वकीय सचिवलाई दिइएको हो ।

सभामुख नेत्रनाथ अधिकारीलाई ६१ हजार ४ सय ८०, उपसभामुख सिर्जना शर्मालाई ५८ हजार, विपक्षी दलका नेतालाई ५८ हजार, प्रमुख सचेतकलाई ५६ हजार ८ सय ४०, संसदीय दल सभापतिलाई ५६ हजार ८ सय ४०, सचेतकलाई ५४ हजार २ सय र सांसदलाई ५२ हजार दरले दशैं भत्ता उपलब्ध गराइएको आचार्यले जानकारी दिए।

उनका अनुसार भत्ता रकम फिर्ता गराएकोबारे भने सचिवालयमा अझै जानकारी आइसकेको छैन।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x