अर्थमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार केसी नियुक्त

पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । 

कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका केसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्छन् ।


Advertisement

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा एमए, नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राज्युएट गरेका केसीले पत्रकारितामा पिएचडी गर्दैछन् । 

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीको सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलुक लेखहरु प्रकाशित छन् ।


Advertisement

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत केसी सूचनामा सहज पहुँच, पत्रकारको हकहित तथा सुरक्षा र पत्रकारिता क्षेत्रको प्रवर्धन गर्नुपर्छ भन्ने मान्यता राख्छन् । 
 

 
  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्