×

NMB BANK
NIC ASIA

खानपानमा ख्याल नपुग्दा टीकाको दिन अस्पतालमा...

कात्तिक १०, २०७७

NTC
Premier Steels

खानपानमा सन्तुलन नमिल्दा कैलालीको जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुप¥यो । 
उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो ।
 ‘‘घरमा बोका काट्यौँ, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’’, चौरासियाले भने, ‘‘चाडपर्वमा घरमा चिल्लो खानेकुरा बढी पाक्यो, शरीरमा चीनिको मात्रा बढी भयो । आज दशैँको टीका लगाउने दिन म त बिरामी परेर टीकापुर अस्पतालमा छु ।” 
चाडबाडमा खानपिनमा सचेत नहुने आम चरित्र देखिन्छ । 

Muktinath Bank

गाउँघरमा बलीका रुपमा होस् या दशैँ मनाउन काटिएको खसीको मासु ३÷४ दिनसम्म पनि खाने चलन गलत भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए । ‘‘मानिसको शरीरलाई मासु नभई नहुने तत्व भए पनि यसरी राखिएको बासी मासु सही व्यवस्थापन गर्न नसके स्वास्थ्यमा असर पार्छ । यसरी राखिएको खानेकुराले परिवार नै बिरामी हुन सक्ने सम्भावना रहन्छ’’, डा कँडेलले भने, ‘‘चाडपर्वमा खानपानमा ध्यान नदिएर पूरै परिवार बिरामी भएर अस्पताल आउनेहरु पनि छन् ।’’
    सामान्य तया शरीरलाई चाहिएको भन्दा बढी मात्रामा खाए जुनसुकै खाद्यपद्धार्थले पनि असर गर्ने चिकित्सकहरु बताउँछन् । दीर्घरोगी, उच्च रक्तचापका बिरामी र कोलेस्टोर भएका बिरामीले मासु खाँदा विशेष ध्यान दिनुपर्ने डा. कँडेलको सुझाव छ । ‘‘चाडपर्वको समयमा अस्पतालमा यी रोगबाट ग्रसितहरु बढी समस्या भएर आउँछन्, कतिपयलाई अस्पतालमै भर्ना गरेर सेवा दिनुपर्छ । यसरी समस्या हुनुभन्दा खानपानमा ध्यान दिनु राम्रो हुन्छ ।’’
    टीका लगाउँदा भीडभाड नगरी, मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई दशैं मनाउन स्वास्थ्यकर्मी तथा चिकित्सकको सुझाव छ ।     ‘‘यस वर्ष विगतका वर्षजस्तो भीड हुने गरी टीकाटालो गर्न हुँदैन’’, टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले भने, ‘‘हामीले सबैलाई अपिल गरेका छौँ, घरमा मात्रै टीका लगाउँ, घरघर नजाउँ भनेका छौँ । यसले सङ्क्रमण फैलने डर बढेको छ ।’’
    आर्थिक र सामाजिकरुपमा सुरक्षित हुने गरेर दशैँ मनाउन टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आग्रह गरे । ‘‘सामाजिक र आर्थिक क्षेत्रमा क्षति पुगेको छ’’, नगरप्रमुख रावलले भने, ‘‘यस्तो बेला स्वास्थ्य जोखिममा नपारौँ ।’’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x