दशैंको बेला गाउँगाउँमा गुर्जोको बिरुवा बाँड्दै रामहरि खतिवडा

नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगाको गाउँगाउँमा गुर्जोको विरुवा बाँडेका छन् ।

दशैंको शुभकामना बाँड्न र कोरोनाबारे सचेतना जगाउन जिल्लामा पुगेका खतिवडाले गाउँमा ३ हजार गुर्जोको विरुवा बाँडेका हुन् ।


Advertisement

‘सबै कुरा ठीक पार्नेभन्दा पनि प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसप्रति आम सर्वसाधारणको चासो रहेछ । वातावरणीय रूपमा पनि राम्रो हुने भएकाले गाउँमा विरुवा बाँडेको हुँ,’ खतिवडाले लोकान्तरसँग भने । 

गाउँमा वितरणका लागि खतिवडाले ३ हजार बिरुवा काठमाडौंबाट लगेका थिए । केही सहयोग स्वरुप प्राप्त र केही विरुवा प्रतिगोटा ५ रुपैयाँको दरले खरिद गरेको खतिवडाले बताए ।


Advertisement

मानेभञ्जाङ गाउँपालिकाका अध्यक्ष मोतिराज राईमार्फत विभिन्न वडामा गुर्जोका विरुवा बाँडिएको छ सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकामा पनि गुर्जोको बिरुवा वितरणको कार्यक्रम रहेको उनले बताए ।

कोरोना महामारी शुरू भएपछि गाउँगाउँमा गुर्जो पानी सेवन गर्ने प्रचलन बढेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्