पोखरामा ३६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा गएराति एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा १३ निवासी ३६ वर्षीया महिला हुन् । 


Advertisement

गत कात्तिक ५ मा कोभिड–१९ संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना भएकी थिइन् ।

उनको कात्तिक १२ गते राति ११ बजे मृत्यु भएको जानकारी प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले दिए । उनका अनुसार प्रतिष्ठानमा उपचार क्रममा मृत्यु हुने उनी २० औं संक्रमित हुन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्