गायिका नेहा कक्कडको विवाहका तस्वीर सार्वजनिक

भारतीय गायिका नेहा कक्कडको विवाहका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । 

उनको मेंहदी समारोह र अन्य रीतिरिवाजहरूका पनि तस्वीर आएका छन् । 
 


Advertisement

गुरुद्वारामा गरिएका विवाहका तस्वीरहरू उनले शेयर गरेकी छन् । 
 

नेहाको विवाह रोहनप्रीत सिंहसँग भएको हो । विवाहमा उनको मुस्कान निकै आकर्षक देखिएको छ । 


Advertisement

विवाहमा नेहाले सब्यसाचीको ब्राइडल लहंगा लगाएकी थिइन् । गुलाबी रंगको लहंगामा निकै मसिनो जरीहरू देखिन्छन् । 

उनका गहना पनि सब्यसाचीले नै डिजाइन गरेका हुन् । 

दुलाहा रोहनप्रीतले पनि रंग मिलाएर वस्त्र पहिरेका थिए । 

नेहा र रोहनप्रीतको विवाह शनिवार भएको हो । राजसी शैलीमा उक्त विवाह सम्पन्न भएको हो । 

विवाहमा दुवैतर्फका परिवार संलग्न थिए अनि नजिकका साथीहरू पनि आएका थिए । 

नेहाले विवाहमा गीत पनि गाइन् अनि मज्जाले नाचिन् पनि । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्