×

NMB BANK
NIC ASIA

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

कात्तिक १३, २०७७

NTC
Premier Steels

दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् ।

Muktinath Bank

यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो । यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन । 


Advertisment
Nabil box
Kumari

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ । 

Vianet communication

गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेको सङ्ख्या ३३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँका विशेषज्ञ चिकित्सकसमेत सङ्क्रमित भइरहेका छन् । 

दुई सय ८२ जना निको भएर घर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनहाँका अनुसार सक्रिय सङ्क्रमित पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन् । गएको चैतदेखि यता यहाँका १० हजार ७९२ जनाको आरटी पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता भारत दोस्रो मुलकबाट एक हजार १७२ जना र मलेसिया, कतारलगायत तेस्रो मुलकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रबेश गरेको प्रशासनको तथ्याङ्क छ । 

आइसीयू १० बेड मात्रै 

यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसीयूका १० बेड मात्र रहेका छन् । प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० बेड रहेको जनाएको छ ।त्यसैगरी यहाँका ८ स्थानीय तह र नेपाली सेनाका व्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा ४४५ बेडका आइसोलेसन सेन्टरहरु रहेको स्थानीय प्रशासनले जनाएको छ । थप आइसीयू र भेण्टिलेटर कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x