×

NMB BANK
NIC ASIA

छोरीलाई वैवाहिक झमेलाको सन्त्रास र पुरुषको पीडा : कसरी छान्ने उपयुक्त जीवनसाथी ?

कात्तिक १५, २०७७

NTC
Premier Steels
  • तेजस्वी शर्मा

पढाइको एकचरण सकिएपछि र जागिरमा पनि एक प्रकारको स्थिरता भइसकेपछि छोराछोरी दुवैको घरमा अभिभावकले बिहेवारी गरिदिन खोज्नु नेपाली समाजमा सामान्य विषय हो । यस आलेखका मुख्य पात्रमध्ये राम सोझो, इमान्दार, पढाइमा अब्बल तर सम्बन्धमा कहिल्यै नफसेको केटा हो भने गीता ज्ञवाली सोझी, निर्दोष, पढेलेखेकी तर आफ्नो कुरा प्रस्ट राख्न नसक्ने केटी हो ।

Muktinath Bank

यही सेरोफेरोमा रामको घरमा बिहेको कुरा चलिरहेको हुन्छ । थुपै्र केटीको प्रस्ताव पनि आएको हुन्छ । रामलाई उसको मामातिरको हजुरबुवाले बित्ने बेलामा चिना नहेराइ विवाह नगराउनू भन्नुभएकाले रामका बुवाआमा यस विषयमा निकै कठोर हुन्छन् । उपाध्याय बाहुनी चाहिने, पढेलेखेको हुनुपर्ने तथा चिना पनि मिलेको हुनुपर्ने भएपछि रामको हकमा उपयुक्त केटीको दायरा निकै साँघुरो हुन्छ । त्यही क्रममा गीता ज्ञवाली नाम गरेकी केटीको प्रस्ताव उसको घरमा आउँछ । ती ज्ञवाली केटीको बारेमा आफ्ना आफन्तसँग बुझ्ने क्रमममा भाइ पर्ने केशव नामका आफन्तले ज्ञवालीभन्दा त भाञ्जालाई गीता सुवेदी नामकी योग्य केटी छन् शायद ती ठीक होलिन् भन्ने प्रस्ताव गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुझ्दै जाँदा उमेरमा एक वर्षभन्दा कमको भिन्नता भएकाले राम लगायत उसको परिवारले पनि खासै वास्ता गरेको हुँदैन किनभने रामले सकेसम्म ३–४ वर्ष फरकको केटी विवाह गरे जीवनयापन सहज हुन्छ भन्ने ठानेको हुन्छ । सोही क्रममा सो कुरा चलेको लगभग २०/२५ दिनपछि गीता सुवेदीको घरबाट प्रतीक नामका प्रतिनिधि रामको घरमा प्रस्ताव लिएर आइपुग्छन् । प्रतीक अलि चञ्चल र खुला मिजासका भएकाले सबै सल्लाह गरेर मेरो रामका बुवासँग राम्रो सम्बन्ध भएकाले तपाईं जानुस् भनी म आएको हुँ लगायतका सत्य कुरा ओकल्छन् । सोही प्रस्ताव ल्याएर गफ गर्ने क्रममा बाहिर कसैलाई नभन्नू, निर्णय गरिहालौं भन्ने किसिमको अनौँठो केटाकेटीपन उनीबाट प्रस्तुत हुन्छ त्यसपछि सबै बुझ्ने सिलसिलामा घर पनि एकैतिर परेकाले संस्कार संस्कृति पनि सबै मिल्छ गर्दा हुन्छ कि भन्ने दोधारे स्थितिमा रामका बुवाआमा पुग्छन् । 


Advertisment
Nabil box
Kumari

पछि रामको मामालाई केटीको घरमा गएर चिया खाएर आउनुपर्‍यो भन्ने कुरा हुन्छ र रामका मामा अनि केशव गीताको घरमा चिया खान पुग्छन् । त्यसपछि रामको मामाले गीताकी आमाको साह्रै प्रशंसा गर्छन् र आमा त्यति सज्जन छिन् भने छोरीमा त पक्कै गुण सरेकै हुन्छ भन्ने व्याख्यासहित रामका बुवाआमा समेत ठिकै छ एकपटक भेटाउनु पर्‍यो कि भन्ने दोधारे मनस्थितिमा पुग्छन् । त्यसपछि रामकी दिदी र सानीमा गीतालाई हेर्न भनी उनको अफिस पुग्छन् र त्यहाँ उनीहरूको संवाद समेत हुन्छ । रामकी सानीमालाई त्यति चित्त नबुझे पनि दिदीलाई भने साह्रै राम्री लाग्छे र दिदीले भनेपछि राम पनि ठीकै जस्तो छ भन्ने निष्कर्षमा पुग्छ । आखिर केटाको मन राम्री केटी भनेपछि ५०% त त्यतिकै छोपिन्छ नै । त्यसपछि रामलाई उसको बुवाले केटीसँग गफ गर्नुपर्‍यो काठमाडौं आइहाल भनी डाक्छन् । राम बुवाको कुरा काट्न नसक्ने खालको भएकाले तत्काल अफिसको काम थाति राखी गीतासँग गफ गर्ने उद्देश्येले काठमाडौं आइपुग्छ । त्यही क्रममा बिहान रामले गीतालाई फोन गर्दा उनले मोबाइल उठाउँदिनन् र रामको घरमा केटीको इच्छा रहेनछ, अब कुरा यहीँ बन्द गर्नुपर्‍यो भन्ने सन्देश गीताका बुवाआमाकोमा पठाउँदा उनीहरूबाट होइन मिटिङ भएर हो अब उठाउँछिन् भन्ने सन्देश आएपछि दिउँसो पुनः फोन गर्दा गीताले अफिसको कामले मलाई भोलिदेखि जानु पर्नेछ, आज भेट हुन मुस्किल हुन्छ होला, फर्केपछि भेटौंला भन्ने सन्देश आउँछ । त्यसपछि रामले त्यस्तो नसोचे पनि उसको परिवारमा भने शंका पैदा हुन्छ र अब भएन भन्ने निष्कर्षमा पुग्छन् । यसो हुनुमा नेपाल त सानो छ र त्यसमा पनि जागिर खाने अड्डाको विषयमा खोजी गर्दा पत्ता लाउनु कुनै ठुलो विषय होइन । यही क्रममा अफिसबाट बाहिर जाने कुनै कार्यक्रम नभएको थाहा भएपछि त झन् रामको घरमा अर्काे शंका पैदा हुन्छ ।

Vianet communication

यी सबै शङ्काको अनुभूति हुँदाहुँदै रामको बुवा मनोवैज्ञानिक दबाबमा परेजस्तो हुनुमा केही महिनाअगाडि तीनै सुवेदी थरका आफन्त पर्ने अर्का एकजनाले आफ्नो छोरी रामलाई विवाहको लागि प्रस्ताव गर्दा रामका बुवाले छोरालाई देखाउँदै देखाएनन् केही कुरामा चित्त नबुझेको रहेछ कि भन्ने किसिमको अनुभूति गरेको कुरा प्रतीकले भनेकाले यो प्रसङ्गमा पनि त्यस्तो पो भन्ने हुन् कि भन्ने जस्तो सुक्ष्म दबााबले काम गरेको हुनुपर्छ किनभने रामका बुवा तथ्यविना निष्कर्षमा पुग्ने खालका हुँदैनन् र सुखमा मात्तिने अनि दुःखमा आत्तिने पनि उनको स्वाभाव हुँदैन । खासमा ती केटीसँग रामको चिना नमिलेर नै त्यो प्रस्ताव खारेज भएको हुन्छ ।

त्यसपछि रामले पनि खासै वास्ता गर्दैनन् । नम्बर आदान–प्रदान भए पनि मेसेज गर्दैनन् र गीताले पनि गर्दिनन् । २–३ दिन पछि फेरि ती प्रतिनिधि फर्केपछि अब केटाकेटी भेट गराउनुपर्‍यो भन्ने कुरा आएपछि रामले म्यासेज गर्छ र प्रतिक्रिया पनि गीताबाट रामै्र आउँछ । त्यसबाहेक गीताले पनि कहिल्यै गर्दिन र रामले पनि एकपटक बाहेक म्यासेज गर्दैन किनभने राम पनि दोधारे मनस्थितिमा हुन्छ । दुबईबाट गीता फर्केपछि केटाकेटी भेट गराउनु पर्‍यो भन्ने कुरा पुनः चल्छ । र त्यही सिलसिलामा गीताले अब कहिले भेट्दा उपयुक्त होला भनि रामलाई सोध्छे । रामका बुवाआमाले शंका गरेअनुसार उनीहरू गीतालाई भेट्न अफिस पुगेपछि उसले आफूलाई भेट्न आएको देखि डरले रामलाई कहिले भेट्ने होला भनेर म्यासेज गरेको उसले अनुमान गर्छ किनभने म्यासेज आएपछि रामले आफ्ना बुवालाई अब के गर्ने भनी सोध्छ र आफूहरू अफिसमै भएको जवाफ पाएपछि विचरा डराएर होला भनी त्यहाँबाट नभेटी जान रामले आफ्ना बुवालाई आग्रह गर्छ । 

राम काठमाडौं बाहिर भएको र अर्काे दिन काठमाडौं फर्किने कार्यक्रम भएको हुँदा मिलाएर दुवै जनाको भेट्ने निधो हुन्छ । सो क्रममा पछि बुझ्दा गीताले अहिले मेरो विवाह गर्ने मन छैन भनेर आफ्ना बुवाआमालाई बारम्बार भन्दा समेत बुवाआमा गीता दुबईबाट काठमाडौं फर्कंदा एयरपोर्टमै लिन गएको र १–२ दिन छोरीलाई सम्झाएको भन्ने तथ्य पछि आफन्तजनबाटै बाहिर आउँछ । राम अरू विषयमा चलाख भएपनि केटी र विशेष गरी सम्बन्धको विषयमा अलि लाटो हुन्छ । किनभने केटीसँग अरू व्यावसायिक कुरा गर्न सिपालु भएपनि सम्बन्धको बारे ऊ कुरा गर्न जान्दैन । त्यही क्रममा पहिलोपटक राम र गीताको एक कफी पसलमा भेट हुन्छ र गफ गर्ने क्रममा गीताले कामको चाप देखाउँदै खासै गफ गर्ने मन राख्दिन तर आफू बुवा दबाबमा नआएको भने प्रस्ट भन्छे । दुवै जनाबीच फेसबूक आईडी आदानप्रदान हुन्छ र अर्काे दिन भेट्ने बाचासहित दुवैजना छुट्टिन्छन् । रामलाई पहिलोपटकको भेटमा गीता खासै राम्री लाग्दैन र गीतालाई त झन् पहिल्यैदेखि भेट्ने पनि मनस्थिति थिएन । पछि घर फर्केपछि फेसबूकको पहेँलो कुर्ता सुरुवाल लगाएको फोटो रामलाई साहै्र मन पर्छ र त्यसबाट ऊ प्रभावित बन्छ । त्यसमा थप रामको बुवाले आफ्नै घर ठाउँ चिनजानको हो, लेनदेन पनि भइराखेको हो केही कुरामा सम्झौता पनि गर्नुपर्छ भनेपछि राम ठीकै छ नि त भन्ने निष्कर्षमा पुग्छ । 

रामले कुरा मिल्ला जस्तो छैन भनी मनमनै सोचेर २–३ दिन पछि भेट्ने भनेको भएपनि माथिका सबै कुरा भोलिपल्ट भेट्न गीतालाई आग्रह गर्छ तर गीताले कामको बाहना देखाइ टार्छे । त्यसछि भने रामको मनमा चिसो पस्न थाल्छ । तर पनि अर्काे दिन बाचासहित दुवैजना भेट्छन् । राम अलि आध्यात्मिक/धार्मिक सोचको भएकाले उसले बूढानीलकण्ठमा भेट्ने प्रस्ताव गर्छ र दुवैजना गफ गर्छन् तर गफ गर्ने सिलसिलामा गीता खासै खुलेर बोलेको रामले महसूस गर्दैन तर पनि व्यक्तिको हिसाबमा गीता असल र निर्दाेष नै लाग्छ । त्यसपछि भोलिपल्ट बेलुका ८ः०० बजेतिर गीताले हाम्रो मिलेजस्तो लागेन भनी म्यासेज पठाउँछे । त्यसलाई सहर्ष रूपमा लिँँदै रामले भोलिपल्ट साथीको हिसाबले भेटेर पहिलाका सबै कुरा बिर्सन आग्रह गर्ने प्रस्ताव गर्छ तर गीताले कामको व्यस्तता देखाउँदै भेट्न मान्दिनँ । त्यसपछि गीताले ब्लक गर्ने लगायतका अलि सानो चित्तको व्यवहार प्रस्तुत गर्छे । 

सो गर्नुमा शायद गीतालाई आफ्नो भावनाविपरीत बुवाआमाको करकापले गर्दा मानसिक पीडा भएर पनि हुन सक्छ वा उसलाई आफ्नो आत्माको स्पन्दनविपरीत घर परिवारको दबाबको पीडाबोध पनि हुन सक्छ । तर गीता जस्ता तमाम नेपाली चेलीले पनि चित्त चौडा बनाई आफ्नो लक्ष्य/ध्येयमा केन्द्रित भई जीवनका पाइला चाल्न आवश्यक देखिन्छ । त्यसैगरी, राम जस्ता सम्बन्धमा कहिल्यै नपरेका युवा केटालाई पनि विवाहको प्रसङ्गमा दबाबको सामना गर्ने सामथ्र्य, अर्काको भावना बुझी कदम चाल्ने धैर्यता तथा युवा जोशलाई सन्तुलित बनाई सही कुराको वकालत गर्न सक्ने साहस बटुल्न आवश्यक देखिन्छ । 

यसबाट के प्रस्ट हुन्छ भने आफ्नो छोरीको सम्पूर्ण भावनात्मक अवस्थाको पहिचान र अवगता हुँदाहुँदै प्रतिनिधि पठाई बारम्बार निर्णयको लागि दबाब दिनु गीताका बुवाआमाको मुख्य गल्ती हो किनभने एकातिर यसबाट गीताको भावनामा चोट पुगी दाम्पत्य जीवन नै दुःखी हुने प्रबल सम्भावना रहन्छ भने अर्काेतिर अरूमा टाठो(बाठो भएपनि सम्बन्धको विषयमा लाटो राम जस्ताको भविष्यमाथि खेलबाड भई मानसिक दबाब हुने उत्तिकै सम्भावना रहन्छ । यसैगरी अर्काे गल्ती गीताको देखिन्छ किनभने आफ्नो भावनाविपरीत यसो र उसो गर्न दबाब दिइरहँदा त्यसको छिनोफानो नगरी रामसँग भेटन आउनु नै उसको कमजोरी हो । यसबाट गीता स्वयंको तथा उसका बुवाआमाको इज्जतमा दाग लाग्ने जस्तो सामाजिक अनुभूति त हुने नै भयो राम र उसका परिवारलाई पनि खेलौना जस्तो खेलाउन खोजेको महसूस हुन सक्छ ।

यसैगरी रामको गल्ती गीताले फोन नउठाउनु, म्यासेजको उत्तर नदिनु, तर्कन खोज्नु जस्ता क्रियापलाप प्रस्तुत गर्दा गर्दै बुवाआमा तथा लमीको दबाबमा आई भेट्न खोज्नु देखिन्छ । यस्ता विषयको छिनोफानो फोनमा/म्यासेजमा नै गरेको भए दुवैजनालाई पहिल्यै सहज हुने देखिन्थ्यो । त्यसपछिको गल्ती रामका बुवा आमाको हो किनभने लमी/प्रतिनिधिले हतारोमा निर्णय गर्ने प्रस्ताव राख्दा समेत ‘दालमा केही कालो छ’ भन्ने पहिचान गर्न नसक्नुमा परिपक्वताको कमी वा हतारोको परिणाम देखिन्छ । यससँगै सम्बन्धित अरू पात्रहरूको दोषको भागेदारी पनि राम र गीता पक्षले नै लिनुपर्छ किन भने अरू त सहायक मात्र हुन् । आफ्नो मालको मूल्यांकन व्यक्ति स्वयं र उसका नजिककाले नै लिनुपर्ने देखिन्छ । 

यो प्लटको शिक्षा भनेको रामजस्ता सोझा केटालाई विवाह गर्दा कहिल्यै पनि हतार र दबाबमा नगर्नू र केटीसँग लामो समयको वार्तापछि मात्रै निर्णयमा पुग्नुभन्ने हो । त्यस्तै गीता जस्ता व्यवहारमा सरल, मनको कञ्चन तर म आफैँ बाठो छु कि भन्ने प्रतिनिधिका तमाम नेपाली चेलीहरूलाई आफ्नो मनको भावना आफ्ना बुवाआमा वा कमसेकम रामलाई बेलैमा भनिदिएर अरू बीचका व्यक्तिहरूका बीचमा चीसो सम्बन्ध  पर्न नदिनु र स्वयं आफू पनि हल्का हुनु हो । गीताका बाबु आमाका प्रतिनिधित्व गर्ने हरूलाई आफ्नो छोरीको भावना/इच्छाविपरीत जबरजस्ती विवाह गरिदिनु कानूनी, नैतिक तथा सामाजिक रूपमा अपराध हो भन्ने आत्मबोध हुनु हो । रामका बुवाआमाको प्रतिनिधित्व गर्नेहरूलाई शुरूका संकेतहरू नै शंकास्पद हुँदा हुँदै लेनदेन भइराखेको परिवार हो, आफ्नै घर ठाउँका हुन् भन्ने किसिमका मात्रै भ्रममा पर्नु आजको युगका लागि समय सुहाउँदो छैन भन्ने हो । त्यसैगरी प्रतीक, केशव जस्ता प्रतिनिधि पात्रले समेत त्यस्तै चोट आफूलाई परेको भए कस्तो हुन्थ्यो होला भन्ने मात्रै आत्मबोध गरे पुग्ने देखिन्छ । 

मानिस भएर जन्मेपछि भावनामा आउनु स्वाभाविक हो र त्यहीअनुसार गीताले कसैलाई मन पराउनु पनि स्वाभाविक मानव प्रवृत्ति नै हो । आजको समाजमा समेत मागी विवाह गर्छु भनेर कसैले भन्छ र संस्कृति रितिरिवाजबमोजिम नै गर्छु भन्छ भने त ठिकै हो नभए कसैले कसैलाई आफ्नो मन दिएर भावना अनुसार जिन्दगी बिताउने कसम खान्छन् भने त्यसलाई तोड्दिन खोज्नु बुवाआमाको गम्भीर कसुर हो । छोरीको सुख चाहने, छोरीको उज्ज्वल भविष्य चाहने बुवाआमाले कदापी त्यो कल्पना पनि गर्न सक्दैनन् ।

यसमा उल्लेखित पात्रहरू काल्पनिक भएपनि यो नेपाली समाजमा चलिआएको रितिरिवाजमा आधारित सत्य घटना हो ।

यो प्रसङ्गबाट के पाठ सिक्न सकिन्छ भने अहिले पनि नेपाली समाजमा छोरीको इच्छालाई कुण्ठित पार्ने, छोरीको इच्छा बेगर विहावारी गर्दिन खोज्ने र दवित मानसिकतामा खेल्न खोज्ने मनस्थिति व्याप्त छ भन्ने छर्लङ्ग हुन्छ । छोरीलाई पनि पढाएर बुझ्न सक्ने, बोल्न सक्ने बनाइसकेपछि बुवाआमाले उनको इच्छाबेगर जबरजस्ती गर्न खोज्नु सामाजिक अपराध हो । यही सिलसिलामा छोरीले पनि आफ्नो इच्छा बुवाआमासँग प्रस्ट राख्न नसक्नु उनको दुर्बल पक्ष हो । यसबाट एकातिर छोरीको इच्छाविपरीत विहावारी गर्दिनाले उनको दाम्पत्य जीवनमा नकारात्मक असर त पर्छ नै अर्काेतिर राम जस्तो सोझो व्यक्तिको पनि भविष्य बर्बाद हुने उत्तिकै प्रबल सम्भावना रहन्छ । छोरीको/महिलाको मात्रै विषयलाई मुख्य केन्द्रबिन्दु बनाई छलफल गर्ने नेपाली समाजमा पुरुषको भविष्यलाई पनि उत्तिकै महत्त्व राख्नुपर्ने अवस्था आएको हो कि !

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x