×

NMB BANK
NIC ASIA

नेकपा विवाद

प्रदेश कमिटी नेतालाई ओली/पोखरेलको ब्रिफिङ - जबज बटमलाइन, अर्को पक्षले नमाने अप्रिय निर्णय !

कात्तिक १९, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफूनिकट नेताहरूलाई जनताको बहुदलीय जनवाद(जबज)मा एकढिक्का रहन निर्देशन दिएका छन् ।

Muktinath Bank

बुधवार अपराह्न आकस्मिक रूपमा आयोजना गरिएको जुम मिटिङमा ओलीले आफूनिकट प्रदेश कमिटीका सदस्यहरूलाई जबजमै अडिग रहन निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुम मिटिङमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेश १ का १७ जना भन्दा भन्दा बढी नेताहरूको सहभागिता थियो ।


Advertisment
Nabil box
Kumari

दुवै नेताहरूले जबजलाई पूर्व माओवादी समूहले पनि आत्मसात गर्न सक्ने बताउँदै ब्रिफिङ गरेका थिए ।

Vianet communication

'सहमतिका साथ जानुपर्नेमा पूर्वसमूहहरू बनाएर दबाब दिने काम बढेको छ,' ओलीको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'अन्यत्रै समीकरण बनाएर राजीनामा माग्ने काम भएको छ । जुन गलत छ । यसको विरुद्धमा कमरेडहरू डटेर लाग्नुपर्छ ।'

मिटिङमा ओलीले आफूहरूले पार्टीलाई एकढिक्का राख्न अन्तिमसम्म पहल गर्ने तर अर्को पक्ष सहमतिमा नआए अप्रिय निर्णय पनि लिनुपर्ने भन्दै ब्रिफिङ गरेका थिए ।

उनले आफ्नो अन्तिम अश्त्र जबज नै रहेको बताए ।

मिटिङमा ओलीले मदनभण्डारी फाउण्डेशनलाई अझ सक्रिय बनाउनुपर्ने धारणा राखेका थिए । 'मदन भण्डारीको सिद्धान्त जोगाउने र फैल्याउने हाम्रो कर्तव्य बन्न आएको छ,' ओलीले भने, 'तपाईंहरू आफ्नो हिसाबले सक्रिय बन्नुहोस् ।'

मिटिङमा उपप्रधानमन्त्री पोखरेलले पार्टी महाधिवेशनसम्म पनि एक नरहन सक्ने ब्रिफिङ गरे । 'केन्द्रबाट एकताको डोरी चुडाउने हिसाबले समीकरण बन्ने र त्यो प्रदेश र स्थानीय तहसम्म पुग्ने स्थिति हुने हो भने पार्टी महाधिवेशनसम्म पनि एक नरहन सक्छ,' पोखरेलको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरलाई बताए ।

पार्टी एकताको बेलामा बलियो पार्टी बनाएर जनताका काम गर्ने योजना प्रधानमन्त्री ओलीको भएपनि कामै गर्न नदिने परिस्थिति सिर्जना गरिएको भन्दै पोख्रेल आक्रोशित मुद्रामा देखिएका थिए ।

'हामी राजनीतिक र सांगठानिक शक्तिबाट विमुख बनेका छौं,' पोखरेलको भनाइ थियो, 'हेर्दा ठूलो छ पार्टी । जताततै छ । प्रदेशमा छ, केन्द्रमा छ, स्थानीय निकायमा छ । तर भित्री रूपमा हामी कमजोर भएका छौं । अहिले पार्टी वास्तविक रूपमा कहीं पनि नभएको महशुस हुँदैछ ।'

उनले कुण्ठाग्रस्त मानसिकता बोकेकाहरू नै पार्टीको नेतृत्व तहमा भएकाले समस्या आएको ब्रिफिङ गरे ।

'एकता भएपछि आफ्नो स्वार्थ पूरा गर्न पाइन्छ भनेर कतिपय नेताहरू एकताप्रक्रियामा लागेका थिए,' पोखरेलले भने, 'अहिले आफ्नो स्वार्थ पूरा गर्न नपाएपछि यत्रो जनमत प्राप्त सरकारलाई कुनै काम गर्न दिएका छैनन् । यही सत्य हो ।'

मदन भण्डारी फाउन्डेसनको नाम लिँदै पोखरेलले विचारमा च्यूत हुन नहुने ब्रिफिङ गरे । 'कहिलेकाहीँ गिभ एण्ड टेक हुन सक्छ तर विचारका आधारमा च्यूत हुनुहुँदैन । एकता भयो भन्दैमा आफ्ना मान्यताबाट स्खलित हुने कुरा हामीबाट हुनुहुँदैन ।'

बोल्ने क्रममा अधिकांश प्रदेश कमिटीका सदस्यहरूले अध्यक्षद्वयबीच सहमति नभएसम्म बैठक नबोलाउन सल्लाह दिएका थिए ।

'सहमतिबिना बैठकमा बस्ने कुरा हुँदैन,' जुम मिटिङमा सहभागी एक नेताले लोकान्तरसँग भने, 'प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको धारणा बैठकलाई विग्रहको थलो बनाउन नहुने भन्ने छ । त्यसैले शीर्ष तहमा समन्वय नभई बैठक नबोलाउने सल्लाह हामीले नेतृत्वलाई दिएका छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x