स्पेनमा एक प्राचीन मूर्तिको जीर्णोद्धार गर्ने क्रममा गल्ती भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्टून जस्तो देखिएको छ ।
देशको उत्तरी कास्टिल र लियोन क्षेत्रमा रहेको पालेन्सिया शहरको मध्यभागमा रहेको उक्त मूर्तिको अनावरण हालै गरिएको थियो ।
‘पालेन्सियाको सबभन्दा प्रतिनिधिमूलक भवनको कलात्मक शिरभन्दा पनि कार्टूनको टाउको जस्तो देखिन्छ यो,’ स्थानीय चित्रकार एन्टोनियो गुजम्यानले फेसबूक पोस्टमा लेखे । उनले मूर्तिको पुरानो स्वरूप र नयाँ स्वरूपको तस्वीर पनि सँगै पोस्ट गरे ।
उक्त मूर्ति राखिएको भवनको जीर्णोद्धार गर्ने क्रममा झिकिएको स्पेनको समाचार वेबसाइट एएस डट्कमले लेख्यो ।
सन् १९१९ मा वास्तुनिर्माता जेकोबो रोमेरोको निर्देशनमा यो भवन बनाउन थालिएको थियो र मूर्ति त्यसमा जडिएको थियो ।
सन् १९२३ मा यसको अनावरण गरिएपछि यो शहरको मुख्य आकर्षणको केन्द्र बनेको थियो । अहिले मूर्ति राखिएको भवनमा युनिकाजा बैंकको एक शाखा छ ।
यस मूर्तिको नवीन स्वरूप हेर्दा आफूलाई रुन मन लागेको अर्की स्थानीय आल्मुदेना गोन्जालेजले बताइन् ।
एजेन्सी