×

NMB BANK
NIC ASIA

कलाकारलाई निर्वाचनः कोही उम्मेदवारै चिन्दैनन्, कोही भोट नहाल्ने

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० वैशाख– चुनावी सरगर्मीले राजनीतिक दललाईमात्र होइन आम सर्वसाधरणलाई पनि छपक्कै छोएको छ । उम्मेदवार, राजनीतिक दल र तीनका नेता कार्यकर्ता चुनावी तयारीलाई व्यापक बनाइरहेका छन् । मतदाता पनि भोट हाल्न उत्साहित छन् ।

यो चुनावी उत्सवले नेपाली कलाकारीतामा मिश्रित प्रभाव पारेको छ । कोही कलाकार चुनावी अभियानमा मज्जाले होमिएका छन् भने कसैलाई चुनावी प्रचारले फिल्म रिलिजलाई समेत ओझेलमा पारेको छ ।

निर्वाचनको मौन अवधिभन्दा अगाडि नायिका रेखा थापा चुनावी प्रचारमा व्यस्त थिइन् । सामाजिक सञ्जालमार्फत विभिन्न कलाकारले आफ्नो पक्षका पार्टीलाई भोट माग्ने कामलाई प्राथमिकतामा राखेको देखियो ।

तर, कोही फिल्मकर्मी भने चुनावमा को –को उठेका छन् भन्नेबारेमै अनभिज्ञ छन् ।

प्रेमगीत नायक प्रदीप खड्का यतिबेला चलचित्र ‘प्रेमगीत २’ को प्रचारमा व्यस्त छन् । साउन १३ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको प्रचारमा व्यस्त प्रदीपले आफूले कुन पार्टीमा भोट हाल्ने भन्नेबारेमा अहिलेसम्म कुनै योजना नबनाएको बताए । ‘भोट माग्न त आउनुभएको थियो । तर, मलाई राजनीतिबारे सोच्ने फुर्सद नै भएन । फिल्मको प्रचारमै व्यस्त छु,’ खड्का थप्छन्, ‘मेरो त भोट हाल्ने योजना पनि छैन । अन्तिम समयमा आएर सोच बन्न सक्छ ।’

कास्कीमा शुटिङ भइरहेको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ को छायांकनमा व्यस्त नायिका वर्षा राउतले चुनावमा भोट हाल्ने सम्भावना न्यून भएको बताइन् । पहिले भोट हालेर पनि केही नभएको बताउने वर्षाका लागि भोट भन्दा महत्वपूर्ण उनको फिल्मको शूटिङ भइरहेको छ ।

‘भोट नै नहाल्ने भन्ने त छैन । तर सम्भावना कम नै छ । फिल्मको शूटिङका लागि बाहिर छु । सम्भव भयो भने भोट हाल्छु ।’ मतादाता नामावलीमा नाम भएपनि कसलाई भोट हाल्ने भन्नेमा उनले पक्का मानसिकता बनाएकी छैनन् । ‘फेसबुकमा विवेकशील नेपालीको पोस्ट शेयर गरेका आधारमा मलाई सोही पार्टीकी भन्ने पनि गरिन्छ, तर म कुनै पार्टीमा पनि छैन,’ आफ्नो राजनीतिक संलग्नताका सम्बन्धमा चलेका चर्चाका बारे उनले प्रष्ट्याईन ।

वरिष्ठ हास्यकलाकार तथा लेखक हरिवंश आचार्यले २० वर्षपछि हुन लागेको चुनावलाई महत्वपूर्ण ठानेका छन् । स्थानीय सरकार नहुँदा नै दुई वर्षअघि भूकम्पले पारेको असर र पुनर्निर्माणको काममो ढिलाई भएको उनको ठहर छ । भक्तपुरको बालकोटबाट आफ्नो उम्मेदवार छान्ने आचार्यले चुनावी माहोल र उम्मेदवारलाई नजिकैबाट नियालेका छन् । ‘स्थानीय निर्वाचनमार्फत चुनिने उम्मेदवार स्थानीय अभिभावक नै हुन्,’ उनी सुनाउँछन् ।

चलचित्र ‘लप्पन छप्पन’ नायिका वर्षा शिवाकोटी आफूले परिवारको सल्लाहमा भोट हाल्ने बताइन् । सीतापाइलाकी स्थानीयवासी शिवाकोटीले पहिलेजस्तै लाइनमा बसेर भोट हाल्ने योजना बनाएको बताइन् । ‘हामी टोलमा कसलाई भोट हाल्ने भन्नेबारे छलफल पनि गर्छौं । चुनाव चाहिँ मज्जाले लागेको छ ।’ शिवाकोटी भन्छिन्, ‘चुनावले चलचित्र कारखानाको प्रचारलाई ओझेलमा पारेको छ । चुनावपछि हामी फिल्मको प्रमोसनमा जुट्नेछौं ।’

अब चुनाव सम्पन्न नहुन्जेलसमम राजनीतिमै होमिएका कलाकारले समेत प्रचार गर्न पाउने छैनन् । प्रायः कलाकारले आफूले कसलाई भोट हाल्ने भन्ने निर्णय लिइसकेका उनिहरूको भनाईबाट प्रश्ट हुन्छ ।

फिल्मकर्मी, कलाकार, संगीतकर्मी लगायतका सबै सेलिब्रेटीले चुनावलाई महत्वका साथ लिएका छन् । २० वर्षपछि हुने चुनावले देशको स्थितिले पनि बिस्तारै निकास पाउने आशा पलाएको कलाकारहरू बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x