×

NMB BANK
NIC ASIA

पनौती साहित्य समाजद्वारा ‘प्रतिनिधि काभ्रेली कथा सङ्ग्रह’ प्रकाशित

मंसिर १, २०७७

NTC
Premier Steels

काभ्रेको पनौती साहित्य समाजले आफ्नो संस्था १२ पूरा भएको तथा शुभ तिहार २०७७ एवं नेपाल संवत् ११४१ को उपलक्ष्यमा आफ्नो नियमित प्रकाशन यसपटक कथा विशेषाङ्कको रुपमा प्रकाशित गरेको छ । पनौती साहित्य दर्पण (भाग – ४) लाई काभ्रेली स्रष्टाहरूको कथासङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथा सङ्ग्रह’ को रुपमा प्रकाशित गरेको समाजका उपाध्यक्ष एवं सङ्ग्रहका प्रधान सम्पादक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।  

Muktinath Bank

उनका अनुसार ‘साहित्यका विविध विधाहरु मध्ये कथा विधामा काभ्रे निकै बलियो छ । कथा विधामा काभ्रे गर्व गर्न लायक पनि छ । किनकि नारी र पुरुष दुवै गरी शुरुवात आधुनिक कथाकारको रुपमा काभ्रेले पृथक कीर्तिमान कायम गरेको छ । काभ्रेको कानपुरमा पुर्ख्यौली घर भएका गुरु प्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । त्यसैगरी काभ्रेकै चेली तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारको रुपमा दरिएकी छिन् ।’
कथा सङ्ग्रहमा सामाजिक कथा, पौराणिक कथा, लघुकथा, द्वन्द्व कथा, सीमान्तकृत एवम् प्रादेशिक कथाका साथै हाँस्य कथा गरी ३९ जना काभ्रेली स्रष्टाका कथाहरु समेटिएका छन् ।  यसमा अग्रजदेखि नवप्रवेशी कथाकारहरु गुरु प्रसाद मैनाली, तुषार मल्लिकाका साथै टंकनाथ शास्त्री, कृष्ण प्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, रमा कर्णजित, हरिवंश आचार्य, अम्बु भवानी कार्की, फूलमान बल, विजय सापकोटा, दिनमान गुर्मछान, अनामिका सजल, हिरामाया घिसिङका साथै पनौती साहित्य समाजका अधिकांश सदस्यहरूका कथा समेटिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x