कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मंसिर २, २०७७
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै पचास लाख रुपैयाँ विनियोजन गरेको थियो । भवन निर्माणबारे स्थानीय र विद्यालय व्यवस्थापन समितिबीचको समझदारीका कारण विव्यसले ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो ।
ठेकेदार सुरज मल्लले भवन निर्माण गरेपनि अहिले निर्माण पूरा नहुँदै बालुवा झर्न थालेको छ । भवनको प्लास्टर गरेदेखि पानी नहालेकाले बालुवा झरेर धेरै स्थानमा भत्किएको छ ।
विद्यालयमा कार्यरत शिक्षकलाई तलब खुवाउने बहानामा पैसा बचाउन खोज्दा भवन निर्माण नै अलपत्र परेको हो । प्रदेश सरकारले ६ कोठे पक्की भवनका लागि पचास लाख रुपैंया विद्यालयको खातामा जम्मा गरिसकेको छ भने ठेकेदारले विद्यालयबाट ३५ लाख रुपैयाँ लिइसकेका छन् ।
मजदुरले पाएनन् ज्याला, दुई महिना देखि चेक साटिएन
खाँडाचक्र– २ निवासी कृष्णचन्द्र बराल उक्त विद्यालयका अभिभावक पनि हुन् । उनले त्यहाँ काम गरेबापतको ज्याला अहिलेसम्म पाएका छैनन् तर ठेकेदार मल्लले भने रकम नगर शिक्षा समितिबाट लगिसकेका छन् ।
बरालले ५६ हजार २ सय पचास रुपैयाँ लिन बाँकी रहेको बताए । ‘मैले काम गरेको रकम पाउन सकेको छैन, ठेकेदार लापता भएका छन्,’ उनले भने । विद्यालयको मिलेमतोमा स्थानीयलाई भवन निर्माण गर्न नदिइएका कारण अहिले यस्तो समस्या आएको उनको आरोप छ ।
सोही भवन निर्माणमा काम गरेका पदम शाहीले १ लाख सात हजार लिन बाँकी रहेको बताए । ‘खातामा तीन सय रुपैयाँ रहेछ । ठेकेदारले आफ्नो व्यक्तिगत खाताको चेक दिएको छ,’ उनले भने, ‘चार लाख सत्तरी हजार रुपैंया र मेरो नाममा दुईवटा चेक काटेको दुई महिनाभन्दा बढी भएको छ । बैंकमा जाँदा बैंकले खातामा पैसा छैन भन्छ । त्यो पैसा कसरी असुल गर्ने भन्ने चिन्ता भएको छ ।
अर्का स्थानीय रमेश शाहीले पचास लाखको भवनको टेन्डर गर्नुपर्नेमा नगरिएको बताए । ‘भवन निर्माणमा के भएको हो मन्त्रालयले छानबिन गर्न आवश्यक छ । कतै रकमको चलखेल पो भएको हो कि ?’ उनले शंका व्यक्त गर्दै लोकान्तरसँग भने, ‘कामचलाउ विव्यस भएका कारण भवन निर्माणमा लापरवाही भएको मेरो अनुमान छ । कतै विद्यालयले भवन नै पाएका छैनन्, भवन पाएको सदरमुकामको विद्यालयको हालत यस्तो छ ।’
विद्यालयका प्रधानाध्यापक सर्वराज बमले आफूलाई भवनको योजना आएको थाहै नभएको बताए । ‘विद्यालयमा विव्यस अध्यक्षले जग्गा हेर्न आएको देख्दा किन जग्गा हेर्न थालेका हुन् भन्ने थाहा थिएन । पछि मैले सोध्दा मात्रै योजना आएको जानकारी पाएको थिएँ,’ उनले भने, ‘पछि विद्यालयलाई आर्थिक सहयोग हुने लोभमा सबैको सल्लाहअनुसार टेन्डरविनै भवन निर्माणको जिम्मा दिएका हौं ।’
गएको पौसमा उनीसँग सम्झौता गरिएको उनको भनाइ छ । ठेकेदार मल्लसँग गत पुसमा सम्झौता भएको थियो । काम माघबाट शुरू भएको हो । ठेकेदारलाई पहिले १५ लाख दिएका हौं । पछिल्लोपटक २० लाख पनि लगेका छन् । ‘दुई हप्तामा काम सकाउने लक्ष्यका साथ उक्त रकम दिएका थियौं तर ठेकेदारले न फोन रेस्पोन्स गर्छन् न सम्पर्कमा नै आउँछन् । उनका कारण विद्यालयको खाता रोकका भएको छ ।’
५० लाख बजेट आएकोमा ४५ लाखमा कामको जिम्मा दिइएको थियो । ‘अब हाम्रो खातामा १५ लाख रहेको छ,’ उनले भने, ‘३५ लाख पैसा धेरै लिइसकेको भए पनि काम भने कम्तिमा पचास प्रतिशत बाँकी रहेको छ ।’
भवन निर्माण गर्दा विभिन्न कमजोरी भएको छ । प्लास्टर गरेको दिनदेखि एक दिन पनि पानी हालिएको छैन । उनले भने, ‘सालको काठ ल्याउन समस्या हुने भएका कारण झ्याल ढोका फलामको बनाउने समझदारी भएको थियो, त्यो पनि कमजोर बनाएको छ । त्यसलाई सुधार्छु भने पनि सुधारिएको छैन ।’
आफूहरूले टेन्डर आह्वान नगर्नु कमजोरी भएको उनले स्वीकारे ।
उनले ठेकेदारले ४५ लाखमा काम सम्पन्न गर्न नसकेको खण्डमा जस्तो सुकै कारवाही पनि भोग्न तयार रहेको कागज गरिएको जानकारी दिए ।
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले ठेकेदारलाई जति सम्झाउँदा पनि काम नभएको बताए ।
‘उसलाई हामीले ठेक्का दिएका थियौं । टेण्डर आह्वानभन्दा पनि सहमतिमा नै जिम्मा दिएका हौं,’ उनले भने, ‘पछिल्लो समयमा उनी हाम्रो सम्पर्कमा आएका छैनन् । नमूना विद्यालय भवन निर्माण गर्ने भनेकोमा अहिले अलपत्र अवस्थामा पुगेको छ ।’
आफूहरूले ठेकेदारलाई सामानदेखि आवश्यक रकम उपलब्ध गराउँदा पनि काम नगरेको गुनासो उनले गरे । उनले विद्यालयलाई केही आम्दानी हुने हिसाबमा भवन ठेक्कामा दिइएको बताए । ‘यसमा हाम्रो अन्य कुनै स्वार्थ छैन,’ उनले भने, ‘विद्यालयलाई थोरै आम्दानी हुने आशाले यस्तो बनाएको हो ।’
इञ्जिनियर सुरेन्द्रबहादुर शाहीका अनुसार भवन निर्माणमा प्राविधिक जनशक्तिको सल्लाहअनुसार काम भएको छैन । उनले निर्माणकर्ताले ढलान तथा गारोमा पानी नहालेको, भवनमा सरिया बाहिरै देखाएको, डिजाइनअनुसार भवन निर्माण नभएको बताए । ‘भवनका झ्यालहरू उक्किन थालेका छन् । सरियाहरू भित्रै राख्नुपर्नेमा बाहिर देखाइएको छ ।
पानीले प्लास्टर र छत पटक–पटक भिजाउनुपर्नेमा ढलान र प्लास्टर गरेर मात्र छाड्ने काम भएको छ,’ उनले भने, ‘यही कारण भवनमा प्रयोग गरिएको बालुवा र सिमेन्ट झर्न थालेको हो । उनले निर्माणकर्ता र उपभोक्ता समितिले विद्यालय भवन निर्माणमा ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हुनसक्ने बताए ।
यता ठेकेदार मल्लसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । उनको मोबाइल अफ रहेको थियो ।
सामाजिक विकास मन्त्रालयले एक निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय निर्माण गर्ने घोषणा अनुरूप प्रत्येक निर्वाचन क्षेत्रमा ६ कोठे पक्की नमूना भवन निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ ।
कर्णालीमा २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...