टोखाका कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा

टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै १ लाख रुपैयाँ बराबरको बीमा गरेको हो ।


Advertisement

कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् । 

नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले टोखाका सबै जनप्रतिनिधि, कर्मचारी र कोभिड स्वयंसेवकको १ लाख बराबरको कोरोना बीमा गरिएको जानकारी दिए । टोखाले कोरोना बीमाका लागि २ लाख ३५ हजार ६६० खर्च गरेको छ । 


Advertisement

नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि ४ करोड ७५ हजार ७७३ खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहतका लागि १ करोड ४१ लाख ११ हजार ३६५, कन्ट्याक ट्रेसिङका लागि ३५ हजार, स्वयंसेवक, खाना तथा खाजा र अनुगमनका लागि रु १७ लाख ९८ हजार ३७० र होम आइसोलेसन पोषण भत्ताका लागि २६ लाख ४० हजार ३०० खर्च गरेको छ । 

प्राविधिक र सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक ५ लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि ४ लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा शय्या खर्च ९ लाख ६६ हजार ८०५, आइसोलेसन र क्वारेन्टीनमा खाना तथा खाजाका लागि १३ लाख ७८ हजार ३८२ रुपैयाँ र जोखिम प्रोत्साहन भत्ताका लागि १ करोड ८० हजार ९७९ खर्च भएको छ । 

ह्याण्ड वास स्टेसन निर्माणका लागि ७ लाख ३२ हजार ३२१, मास्क, क्लोरिन, स्यानिटाइजर, पीपीई र थर्मल गन खरीदका लागि ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरीदका लागि ४ लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि २ लाख ६ हजार ७३१ र पीसीआर ल्याब शुल्कका लागि १ लाख ५० हजार खर्च भएको आर्थिक शाखा प्रमुख अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्