मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मंसिर ९, २०७७
टाउकोमा नाम्लो, पिठ्युँमा ठूलो जार बोकेर नन्दा बोहरा हिँडिरहेकी छिन् ।
‘कता हिँड्नु भयो ?’ हामीले सोध्यौँ ।
‘उ तल नहरमा पानी लिन जान लागेकी’ उनले भनिन् । उनी जस्तै अन्य महिलाहरू पानी बोक्न लामबद्ध थिए ।
गोदावरी नगरपालिकाको ४ मा स्वच्छ पिउने पानी अभावमा आधा घण्टा हिँडेर स्थानीय नहरको दूषित पानी पिउन बाध्य छन् ।
स्थानीयले नजिकै खानेपानीको आयोजना बन्दै गरेको सुनेका त छन् तर देख्न पाएका छैनन् । ‘यहीँ कतै खानेपानीको आयोजना बन्दैछ भन्ने सुन्दैछौं, खै कहिले पुग्ने हो थाहा छैन,’ लामो सास फेर्दै नन्दाले भनिन् ।
हाट खोली, बन्द्रागढाका बस्तीमा खानेपानीको व्यवस्था नभए पनि ठाउँ–ठाउँमा धाराहरू बनाइएको छ ।
तर, ती धारामा पाइप जोडिएका छैनन् । बान्द्रेगडाका देवबहादुर नेपाली भन्छन्, ‘यहाँ खोलाबाट पानी बोकेर ल्याएर खानुपर्ने अवस्था छ । बस्तीमा राखिएका धाराहरूको छेउमा पाइपहरू राखिएको छ तर ती पाइपमा कहिलेकाहिँ मात्र पानी आउने गर्दछ । सिँचाइका लागि बनाइएको नहरबाटै पानीको व्यवस्था गरी बस्तीमा पुर्याइएको छ ।’
खोलाको दूषित पानी पिउँदा त्यहाँका स्थानीय विभिन्न स्वास्थ्यसम्बन्धी समस्या भोग्न बाध्य छन् । खोलाबाट पानी ल्याएर पिउँदा स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था छ, बान्द्रेगडाका रत्नी साउदले भने, ‘अझैसम्म खोलाकै दूषित पानी पिउन बाध्य छौँ । पानीकै प्रयोगले झाडापखाला, हैजा, आउँलगायत वषौंसम्म बिरामी भएर अन्य रोगको शिकार भइरहेका छौं तर के गर्नु, अरू विकल्प पनि त छैन ।’
हाट खोलीमा चैत महिनादेखि असोजसम्म गर्मी छल्न आन्तरिक पर्यटकहरू आइरहन्छन्, होटेल व्यवसायी डम्बरबहादुर बोहराले भने, ‘तिहारपछि पिकनिकका लागि आउने गर्छन् । हामी त समस्या भोगिरहेकै छौं, त्यही समस्या यहाँ आएका पर्यटकहरूले पनि भोग्नु पर्छ ।’
‘स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारले खानेपानीको व्यवस्था गरिदिए हाट खोलीमा पर्यटकको संख्या पनि बढ्छ,’ उनले थपे ।
हाट खोलीका बासिन्दालाई मात्रै हैन गोदावरी नगरपालिका वडा नं. ४ बन्द्रागढा, फूल बस्ती, बूढी तोला लगायतका बस्तीका मानिस खानेपानीको सुविधा नहुँदा खोला, नहर तथा मूलको पानी पिउन बाध्यता रहेको स्वयं जनप्रतिनिधिहरू नै बताउँछन् । ‘खानेपानीको समस्या विकराल छ,’ वडा नं. ४ का वडाध्यक्ष प्रेमबहादुर भण्डारीले भने, ‘समस्या समाधान गर्न काम गरिरहेका छौं ।’
‘पहाडी भूगोल भएका कारण भूमिगत प्रविधिबाट खानेपानीको व्यवस्था गर्न सम्भव भएन,’ उनले भने, ‘लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्नुपर्ने हुन्छ, यसका लागि हामीले काम गरिरहेका छौं । बन्द्रागढामा त खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट भूमिगत प्रविधिबाट पानीको व्यवस्था गर्न काम शुरू नै भइसक्यो ।’
उनले थपे, ‘नगरपालिकाले अहिले बुढी तोलामा लिफ्ट खानेपानी आयोजनाको कार्य अघि बढाएको छ यसका लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन पनि गरिएको छ ।’
‘सो आयोजना कहिले सम्पन्न हुन्छ अहिले भन्न सकिँदैन, आयोजनाको काम अघि बढाउन उपभोक्ता समिति गठन गरिसकेका छौं,’ उनले भने ।
बुढी तोलाको आयोजनाबाट ५ सय घरधुरी मात्रै लाभान्वित हुन्छन्, तर उक्त वडामा झन्डै दुई हजार एक सयभन्दा बढी घरधुरी छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...