×

NMB BANK
NIC ASIA

महासंघको साधारण सभा शुरू, प्रधानमन्त्री ओलीले 'स्विच' थिचेर गरे उद्घाटन

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम (जूम) मार्फत बालुवाटारबाट  महासंघको साधारणसभा उद्घाटन गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले स्वीच थिचेर महासंघको साधारण सभा उद्घाटन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । 

Vianet communication
Laxmi Bank

महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् । 

प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आकांक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । जसका कारण २ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित हुनेछन् ।

महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । जस अनुसार, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा साधारण सभापछि महासंघको अध्यक्ष हुनेछन् । 

यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र प्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । ढकाल अहिले एशोसिएट उपाध्यक्ष हुन् भने प्रधान जिल्ला/नगर उपाध्यक्ष हुन् ।

प्यानल नै बनाएर निर्वाचनमा होमिएका दुवै समूहले आफ्नो जीत हुने दावी गर्दै आएका छन् । 

ढकाल समूहमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । 

यस्तै प्रधान समूहमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । 

महासंघले कोरोना महामारीलाई ध्यानमा राख्दै निर्वाचनका लागि तीन स्थान तय गरेको छ ।

उद्योग वाणिज्य समूहका कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएट समूहका लागि माइतीघरस्थित कार्की ब्याङ्क्वेट र वस्तुगत संघ समूहका लागि टेकु स्थित महासंघकै सचिवालयमा निर्वाचन हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x