×

NMB BANK
NIC ASIA

धमाधम परीक्षा चलाउँदै त्रिवि, ६० पूर्णांकको दुई घण्टाको मात्रै परीक्षा गरिने

मंसिर १४, २०७७

NTC
Premier Steels

कोभिड–१९ महामारीले रोकिएका परीक्षा सञ्चालनमा त्रिभुवन विश्वविद्यालयले तीव्रता दिएको छ । केही संस्थान, संकायका विषयका परीक्षा चलिरहेका छन् भने अन्यको मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी छ ।

Muktinath Bank

विभिन्न स्थानमा अध्यापन अनलाइन गरिए पनि देशभर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएको त्रिवि रजिस्ट्रार पेशल दाहालले बताए । इन्जिनियरिङ र विज्ञान प्रविधि संकायको परीक्षा सञ्चालन भइरहेको छ । व्यवस्थापन र मानविकीलगायत संकायको परीक्षाका लागि तयारी चलिरहेको छ । उनका अनुसार संकाय, संस्थान र विषयअनुसार परीक्षा प्रणाली सरलीकरण गरिएको छ । ‘विद्यार्थीलाई सकेसम्म पायक गर्ने गरी जाँच दिने व्यवस्था मिलाएका छौं । भौतिक उपस्थितिमै परीक्षा लिए पनि स्वास्थ्य मापदण्ड पूरा गराउन प्राथमिकता दिएका छौं,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवस्थापन संकायले पूर्णांक संकुचन गरेर थोरै सयममै परीक्षा लिने व्यवस्था गरेको छ । स्नातकोत्तर ६० पूर्णांकको दुई घण्टाको मात्रै परीक्षा सञ्चालन गर्न लागिएको डिन कार्यालयले जनाएको छ । प्रश्नपत्र अनलाइनबाट पठाउने र विद्यार्थीले पढेकै क्याम्पसमा परीक्षा (होम सेन्टर) दिन पाउने व्यवस्था मिलाइएको हो । उत्तरपुस्तिकासमेत क्याम्पसमै परीक्षण गरेर अंक पठाइनेछ । विद्यालयले घरपायक जिल्लाको परीक्षा केन्द्र रोजेर समेत परीक्षा दिने व्यवस्था परीक्षा नियन्त्रण कार्यालयले गरेको छ ।


Advertisment
Nabil box
Kumari

परीक्षा सञ्चालन र व्यवस्थापनको अधिकार डिन कार्यालयलाई दिइएको शिक्षाध्यक्ष शिवलाल भुसालले बताएका छन् । उनका अनुसार डिन कार्यालयहरूले विद्यार्थी संख्या, क्याम्पसहरूको अवस्थालगायत विषयलाई ध्यान दिएर परीक्षाका सन्दर्भमा फरक/फरक नीति लिएका छन् । ‘चैतदेखि लकडाउनले रोकिएका, पास आउट हुने विद्यार्थीको परीक्षालाई पहिलो प्राथमिकता दिएका छौं,’ उनले भने, ‘डिन कार्यालयले प्रत्यक्ष रूपमा परीक्षा सञ्चालन गर्छ, व्यवस्थापनको काम परीक्षा नियन्त्रण कार्यालयले गर्ने गरेको छ ।’

Vianet communication

त्रिविले माघसम्म रोकिएका र नियमित परीक्षा सञ्चालन गरिसक्ने जनाएको छ । लकडाउन र कोरोना महामारीले प्रभावित परीक्षा र पठनपाठनलाई शैक्षिक क्यालेन्डरअनुसार नियमित गर्ने प्रयास गरिएको भुसालले बताए । अनलाइनलगायत वैकल्पिक माध्यमबाट गरिएको पठनपाठनको समेत परीक्षा लिने तयारी छ । ‘पुस अन्तिम वा माघसम्म परीक्षा सकेर सबै शैक्षिक गतिविधि सुचारु गर्ने तयारीमा छौं,’ उनले भने, ‘स्थानीय तहले अनुमति दिए क्याम्पसले फेस टु फेस पठनपाठनसमेत सञ्चालन गर्न सक्छन् ।’ त्रिवि कार्यकारी परिषद्ले स्थानीय तहको समन्वयमा नियमित क्याम्पस सञ्चालन गर्न सक्ने निर्णय गरेको हो । विद्यालय सञ्चालन हुँदा क्याम्पसमा पनि पठनपाठन गर्न सकिने उनले प्रस्ट्याए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x