बीयर पिएपछि धेरै दूध दिने भैंसी !

भारतको लखनउमा एक किसानले भैंसीमाथि अनौठो प्रयोग गरेका छन् ।

उनले आफ्नो भैंसीले बीयर पिएपछि धेरै दूध दिएको दाबी गरे ।


Advertisement

अहिलेसम्म भैंसीलाई पौष्टिक आहार खुवाएर बढी दूध दिएको खबर आउने गरेपनि बीयर पिलाएर धेरै दूध दिनु अचम्म हो ।

'मैले जब भैंसीलाई बीयर पिलाउन थालें, तब भैंसीले बढी दूध दिन थालेको छ,' उनले स्थानीय सञ्चारमाध्यमहरूसँग भने ।


Advertisement

उनको दाबीलाई सत्य मान्न नसकिने स्थानीयहरूले बताउँदै आइरहेका छन् । तर बीयर बनाउँदा फ्याँकिने वस्तुले चाहिँ भैंसीलाई पौष्टिक आहाराको काम गर्ने स्थानीय अगुवा कृषकहरूले बताएका छन् ।

'भैंसीले बीयर होइन, बीयर बनाएपछि बाँकी रहेको वस्तु खाएको हुन सक्छ,' एक अगुवा कृषकले भने, 'बीयर दूधभन्दा महँगो पर्छ ।

त्यसैले धेरै दूध आउने भएपनि बीयर पिलाउनु सही होइन ।'

बीयर बनाएपछि बाँकी रहेको वस्तुमा कार्बोहाइड्रेट बढी हुन्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्