समकक्षी नभएपछि चिनियाँ रक्षामन्त्रीलाई नेपालका गृहमन्त्रीले विमानस्थलमा स्वागत गरेका छन् ।
नेपालको औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेलाई गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका हुन् ।
रक्षा मन्त्रालयल प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका छन् ।
चिनियाँ रक्षामन्त्री फेङ्हीलाई स्वागत गर्ने क्रममा गृहमन्त्री थापाले पाखुरा जोडेका छन् । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो समय हात मिलाउने चलन हराउँदै गएको छ ।
चिनियाँ रक्षामन्त्रीले बायाँ र नेपालका गृहमन्त्रीले दायाँ पाखुरा जोडेका हुन् । चिनियाँ रक्षामन्त्रीले हातमा ग्लोभ्स लगाएका छन् भने नेपालका गृहमन्त्रीले हातमा ग्लोभ्स लगाएको देखिँदैन ।
गत वर्षको असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि रक्षामन्त्री फेङ्ही नेपाल भ्रमण गर्ने उच्च चिनियाँ अधिकारी हुन् ।
लोकान्तर संवाददाता