×

NMB BANK
NIC ASIA

सञ्चालनमा नआउँदै रेल्वेका १७ हजार थान क्लिप चोरियो, फलाम चोरेर कबाडमा बिक्री !

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२०७७ असोज २ गते नेपाल सरकारले आफ्नै लगानीमा भारतको कोंकोन रेल्वे कम्पनीबाट खरिद गरेको दुई सेट रेल जनकपुरधाम आइपुगेको थियो । कोरोना महामारीको चरम संकटका बेला समेत हजारौं मानिसहरूले जनकपुरधामस्थित रेल्वे स्टेसनमा रेललाई स्वागत गरे । 

Muktinath Bank

भारतको जयनगरदेखि धनुषाको कुर्था स्टेसनसम्म रेलको परीक्षण गरिएको थियो । जनकपुरदेखि कुर्थासम्म परीक्षण गरिएका बेला रेलमा धनुषा, महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक, रेल विभागका पदाधिकारीसहित जनकपुरका पत्रकारहरू पनि चढेर रेलको आनन्द लिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँ आयोजना गरिएको छोटो पत्रकार सम्मेलनमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रामजानकी विवाह पञ्चमी महोत्सवबाट रेल सञ्चालन गर्ने सरकारको तयारी रहेको बताएका थिए । तर, विवाह पञ्चमीदेखि रेल सेवा सञ्चालनमा आउन नसक्ने कुरा एक किसिमले निश्चित भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

जनकपुर आएको उक्त रेल त्यसको भोलिपल्ट असोज ३ गते नै धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ स्थित रहेको इनर्वा स्टेसनमा फर्कियो । उक्त स्टेसनमा हालसम्म दुवै रेलको सेटलाई सुरक्षाका दृष्टिकोणले पालले छोपेर राखिएको छ ।

रेल्वेको सुरक्षाका लागि त्यहाँ सशस्त्र प्रहरी बलले चौबीसै घण्टा सुरक्षा प्रदान गरिरहेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट इनर्वाका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक तेजेन्द्र कार्कीका अनुसार रेल्वे स्टेसनमा पार्क गरेर राखिएको तथा पालले ढाकिएको रेल्वेलाई सुरक्षा प्रदान गर्नका लागि ५ जना सशस्त्र प्रहरीलाई निरन्तर परिचालन गरिएको छ । 

‘धेरै महंगो रेल सेट रहेको तथा त्यसका सामानहरू चोरी नहोस्, कसैले तोडफोड नगरोस् भनेर हामीले सुरक्षा दिने काम गर्दै आएका छौं,’ कार्कीले लोकान्तरसँग भने, ‘लामो समयदेखि पार्क गरिएको रेल ठीक अवस्थामा छ कि छैन भन्ने कुराको परीक्षण समेत गरिएको थियो ।’

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूको उपस्थितिमा भारतको कोंकोन रेल्वे कम्पनीका चालकसहित प्राविधिकहरूको टोली आएर १ किलोमिटरसम्म रेल सञ्चालन गरेर फेरि पनि परीक्षण गरिएको उनले बताए । रेल ठीकठाक अवस्थामा रहेको कुरा परीक्षणपश्चात उनीहरूले बताएका थिए । 

रेल्वे ट्रयाकका सामानहरू चोरी 

रेल्वे सञ्चालनमा नआउँदै रेल्वे ट्र्याकको सामानहरू चोरी हुन थालेको छ । यति मात्र होइन, बनेको रेल्वे स्टेसनदेखि लेभल क्रसिङ, सिग्नल घर समेतका सामानहरू चोरी हुने तथा निर्मित सामानहरू फुटाउने काम हुने गरेको छ । जनकपुरस्थित रेल विभागको साइट इञ्चार्ज विनोदकुमार ओझाका अनुसार निर्मित रेल्वे ट्र्याकको १७ हजार थान क्लिप मानिसहरूले उखेलेर लगेका छन् ।

‘हामीले ट्रलीमा चढेर जयनगर देखि कुर्था स्टेसनसम्म निरीक्षण गर्दा कुल १७ हजार थान क्लिप मानिसहरूले चोरी गरेर लगेको पाइयो,’ ओझाले भने, ‘प्रायःजसो कबाडका लागि फलाम संकलन गरेर बेच्ने मानिसहरू तथा बालबालिकाले चोरेर लगेका छन् ।’

दुई पटक केही बालबालिकालाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको तर बालबालिका भएका कारण कुनै सजाय नै नगरी सम्झाइबुझाइ उनीहरूका अभिभावकलाई प्रहरीले जिम्मा लगाएको उनले बताए । 

त्यति मात्र होइन, परबाहा स्टेसनमा रहेको दुईवटा बिजुलीको पोल, स्टेसन घरको झ्याल तथा ढोकामा लगाइएको फलामको ग्रिल समेत उखेलेर मानिसले लगेको उनी बताउँछन् । कुर्था स्टेसनमा यात्रुहरूलाई बस्नका लागि बनाइएको सिमेन्टको बेञ्च तथा स्टेसनमा लगाइएको टायल्ससमेत मानिसहरूले तोडफोड गर्नुका साथै स्टेसनको घरको छानामा लगाइएको दुई वटा सिलिंग फ्यान समेत उखेलेर चोरी गरेर मानिसले लगेको उनले बताए ।

रेल्वेको लागि बनाइएको सिग्नल रूमको ढोकाको ताला फुटाएर यात्रुहरूको लागि एनाउन्स गर्ने बाजा (एम्प्लिफायर) समेत चोरेर लगेका छन् । लेभेल क्रसिङका लागि विभिन्न स्थानमा बनाइएका फाटकहरूको व्यारियर उखेलेर समेत क्षतिग्रस्त बनाएका छन् । 

रेल्वे स्टेसनदेखि पूर्वाधार निर्माण गरिरहेका भारतीय निर्माण कम्पनी इरकनले रेल्वे ट्र्याक तथा स्टेसन घर हाल सम्म नेपाल सरकारलाई हस्तान्तरण नगरेकाले क्षति भएका सामानहरूको पुनर्निर्माण गर्ने काम युद्धस्तरमा जारी रहेको ओझा बताउँछन् । 

माघको पहिलो सातादेखि रेल सञ्चालनमा ल्याउने तयारी 

जनशक्ति, कानून तथा अन्य कतिपय कुराहरूको सुनिश्चितता नभएका कारण रेल किनिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । केही महिनाअघि नेपाल रेल्वे कम्पनीले ६ महिनाको करारका लागि विभिन्न पदमा १२९ जना जनशक्तिका लागि भर्ना आह्वान गरेको थियो ।

त्यसका लागि २ नम्बर प्रदेशबाट २४ हजार मानिस तथा अन्य प्रदेशबाट समेत गरेर कुल ३२ हजारभन्दा बढी मानिसहरूले आवेदन दिएका थिए । अन्तर्वार्ताका माध्यमले मात्र छनौट गरेर कर्मचारीको पदपूर्ति गर्ने गरी रेल्वे कम्पनीले निकालेको उक्त विज्ञापन रोकेर स्थायी भर्ना नै गर्नका लागि लोक सेवा आयोगले पत्राचार गरेपछि उक्त विज्ञापन पनि स्थगित नै भएको छ । 

‘६ महिनाका लागि करारमा भर्ना गरेर तत्काल रेल सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि लोक सेवा आयोगले सधैँका लागि स्थायी भर्ना गर्न नै भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सल्लाहमा अब लोकसेवा आयोगले नै आवश्यक कर्मचारीका लागि विज्ञापन खुलाउने रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराई बताउँछन् ।

त्यसको लागि अब लोक सेवा आयोगले विभिन्न पदका लागि पाठ्यक्रम निर्धारण गरेर पाठ्यपुस्तक आएपछि मात्र विज्ञापन गर्ने हुनाले उक्त प्रक्रियामा जान अब समय लाग्नेछ । 

भारतबाट कर्मचारी मगाउने 

रेल चलाउनका लागि आवश्यक पर्ने मुख्य प्राविधिक २६ जना भारतबाट ल्याउने तयारी अगाडि बढिसकेको भट्टराईले बताए । ‘त्यसको लागि प्रस्ताव मसमक्ष प्राप्त भइसकेको छ, अध्ययन गरेर स्वीकृतिका लागि मन्त्रालयमा आगामी साताभित्र पठाउँछु,’  भट्टराईले लोकान्तरसँग भने, ‘प्याकेजमै सहमति गरेर १ वर्षका लागि बिजनेस कन्ट्र्याक्ट बेसिसमा सम्झौता गर्नेछौं ।’

त्यसैगरी रेल्वेको ट्रयाक मर्मतदेखि मेन्टेनेन्ससम्मको कामका लागि आवश्यक पर्ने वर्कशप समेत प्रयोग गर्नका लागि भारतको इस्टर्न रेल्वे कम्पनी सँग सम्झौता गरिनेछ । 

‘क्रस बोर्डर रेल्वे सञ्चालन देखि भोलि रेल दुर्घटना भयो भने के गर्ने लगायतका लागि नेपाल सरकार र भारत सरकार बीच सम्झौताका लागि दुबै देशले सम्झौता पत्रको मस्यौदा तयार पारेर अध्ययन गरिरहेका छन्,’ भट्टराईले भने,‘दुई साता भित्र उक्त प्रस्ताव माथि नेपाल सरकार र भारत सरकार बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।’

दुई देशको भूगोलमा समेत रेल सञ्चालन हुने हुनाले रेल्वे सञ्चालनको विधि, क्रस बोर्डर रेल कसरी सञ्चालन गर्ने, कार्गो, कस्टम आदिको प्रावधान के हुने लगायतको बिषय देखि भारतीय पक्षबाट आउने कर्मचारी सहितको लागि एउटा ‘स्ट्यान्डर्ड अपेरेटिङ प्रोसिजर’ तथा दोस्रो ‘बिजनेस एग्रिमेन्ट’ मा दुवै देशबीच हस्ताक्षर हुने तयारी गरिएको छ । 

बाँकी आवश्यक पर्ने कर्मचारीहरूको लागि सामान्य प्रशासन मन्त्रालय बाट काजमा रेल्वेमा तान्ने तयारी गरिएको छ । ‘शाखा अधिकृत, कानून अधिकृत लगायत केही कर्मचारीहरू सामान्य प्रशासन मन्त्रालय बाट तानिनेछ,’ भट्टराईले भने,‘त्यसै गरी सिभिल, मेकानिकल, इलेक्ट्रोनिकल इञ्जिनीयरलगायत अन्य प्राविधिक कर्मचारीहरू गरी कुल ३० जना जति जनशक्ति सडक बिभाग बाट काजमा तानिनेछन् ।’

त्यसै गरी अन्य केही पदका लागि रेल्वेमा पहिले नै काम गरिसकेका कर्मचारीहरू जो अवकाश पाए, अस्थायी हुँदा सेवा निवृत्त गराइए त्यस्ता कर्मचारीहरू मध्ये २० जना जतिलाई ज्यालादारीमा राखेर तत्काल रेल सञ्चालनमा ल्याउने तयारी अगाडी बढेको उनले बताए । 

कर्मचारी विनियमावलीको पनि मस्यौदा तयार भएर अब मन्त्रीपरिषदको बैठकमा स्वीकृतिका लागि पठाउने चरणमा रहेको उनले बताए ।  

कानून अध्यादेशबाट ल्याइने

‘रेल सञ्चालनका लागि तत्काल चाहिएको कानून अध्यादेश बाट जारी हुने र त्यसका लागि प्रधानमन्त्री ज्यू पनि तयार नै हुनुहुन्छ,’ भट्टराईले भने,‘उक्त अध्यादेशको मस्यौदा तयार भएर कानून मन्त्रालयको समेत स्वीकृति प्राप्त भएर अब मन्त्रिपरिषदको बैठकमा स्वीकृतिका लागि लग्ने तयारी बढाइएको छ ।’

मूल कानून भने अहिले राष्ट्रिय सभामा नै समितिमा विचाराधीन छ, संसद चलेपछि त्यहाँबाट पारित भएर प्रतिनिधि सभामा आउने छ र त्यहाँबाट पारित हुनेछ ।

प्राधिकरण जस्तै रेल्वे बोर्ड गठन हुने तथा उक्त बोर्डले रेल सञ्चालनदेखि अन्य सबै काम गर्ने गरी उक्त विधेयकमा प्रावधान राखिएको छ ।

यी सबै कामहरू पुष महिनाभित्रमा सम्पन्न गरेर माघ महिनादेखि रेल सञ्चालनमा ल्याउने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x