×

NMB BANK
NIC ASIA

दमकल कुर्दाकुर्दै कपास उद्योग खरानी बन्यो

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यका बाहिरका केही सिमित शहरबाहेक अन्यत्र अहिले पनि न व्यवस्थित बसोबास नै छ न पूर्वाधार विकासको फड्को । सामान्य आपत आइपर्दा पनि अधिकांश जिल्लाका सदरमुकाममै धेरै क्षति हुने गरेको छ ।

Muktinath Bank

मंगलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो ।  आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्ला चौरमै आगलागी हुँदासमेत नियन्त्रणमा आउन सकेन ? कारण थियो दमकल नपुग्नु । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण, सदरमुकाममै विपद् प्रहरी, सशस्त्र प्रहरी बल र दमकल हुँदाहुँदै पनि आगो नियन्त्रणमा नआउँदा बजारबासी आक्रोशित भएका छन् । स्थानीवासीका अनुसार बागलुङ नगरपालिकाको दमकल र सेना प्रहरी समयमै खटिएको भए सदरमुकामभित्रै यति ठूलो क्षति हुने थिएन होला । 


Advertisment
Nabil box
Kumari

अस्मिता कपास उद्योगमा आगलागी हुँदा झण्डै १५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । उनकाअनुसार उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो एक घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । 

Vianet communication
Laxmi Bank

‘शुरुमा प्रहरी कार्यालयमै दमकल हुन्थ्यो, नगरपालिकाको चालक नहुँदा, प्रहरीकै चालकले दमकल गुडाउँथे’, सूचना अधिकारी रेग्मीले भने, ‘अहिले नगरपालिकाले आफ्नो दमकल भन्दै लग्यो, दमकलको चालक नभएको र बिग्रेकोजस्ता कुरा आए, त्यसैले बढी क्षति हुन पुग्यो ।’

दमकललाई चुस्त दुरुस्त नबनाए ठूलो आगलागीको घटनामा समेत समस्या हुने गरेको बताइएको छ । आगलागी हुनासाथ नगरपालिकाको दमकललाई खबर गरे पनि चालक सम्पर्कमा नरहेको भन्दै आउन नसकेको कपास उद्योगका सञ्चालक वीरबहादुर श्रेष्ठले जानकारी दिए । 

कपास उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीका घटना हुँदा समेत नआउने नगरपालिकाको दमकलको औचित्य नभएको अधिकारकर्मी राम शर्माले बताए । 

‘दमकल वडा कार्यालयमा थन्काउने हैन, दमकल ब्यारेक तथा प्रहरी भित्र राख्नुपर्दछ’, उनले भने, ‘नत्र दमकल तोडफोड हुने तथा बिग्रने समस्या आउँछ, बिग्रेको खबर पहिला जनतालाई नभन्ने, आगलागी भएपछि दमकल बिग्रेको भन्न पाइँदैन ।’ 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दमकलको पम्प बिग्रेकाले आगलागी नियन्त्रणमा जान नसकेको बताए । उनले भने, ‘मैले मर्मतका लागि हेटौँडाबाट सामग्री झिकाउन पहल गरिरहेको थिए, तर बिग्रेकै समयमा आगलागी भयो, हामी छिट्टै मर्मत गरेर चलाउने गरी काम गर्दैछौँ ।’

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले चालक सम्पर्कमा नआएको विषयलाई लिएर उनलाई तत्कालै कारवाही गर्ने बताए । दमकल बिग्रेको भए पनि चालक सम्पर्कमा नआउनु भनेको गैरजिम्मेवारपूर्ण कार्य भएको बताउँदै उनले चालकलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x