×

NMB BANK
NIC ASIA

बहुमुखी व्यक्तित्व पालिखे : जता हात हाल्यो, त्यतै सफल !

मंसिर २०, २०७७

NTC
Premier Steels

उनले व्यवसाय थाल्दा मात्र २८ हजार रुपैयाँ लगानी गरे । क्रमशः विभिन्न क्षेत्रमा लगानी गर्दै गए । जहाँ लगानी गरे, त्यही सफल हुँदै गए ।

Muktinath Bank

व्यवसायका अलावा सामाजिक संघसंस्थामा लामो समय व्यतित गरेका उनी पोखराका चर्चित पात्र हुन् । उनकै नाममा पोखराको शिक्षा, स्वास्थ्य र पर्यटन लगायत विभिन्न क्षेत्रमा इतिहास कोरिएको छ । उमेरले ७० वर्ष पुगे पनि आफ्नो कामप्रति समर्पित छन् । व्यस्त दैनिकी जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनै अशोक पालिखेको जन्म २००७ फागुन २७ गते भएको हो । बुवा जनकमान पालिखे र आमा कृष्णकुमारी पालिखेका ४ सन्तानमा उनी जेठा छोरा हुन् । 


Advertisment
Nabil box
Kumari

पालिखेहरू बस्ने बस्ती भएकाले महेन्द्रपुल नजिकको चोक पालिखे चोककै नामले चिनिन्छ । लक्ष्मीसिंह पालिखेदेखि १३ पुस्तासम्म कूल ६७ घरपरिवारको बसोबास रहिआएको पाइन्छ ।
 
नेवार समुदायका भए पनि उनको बुवाको पालासम्म कसैले व्यापार व्यवसाय गरेनन् तर अशोकले क्याम्पस पढ्दाताका नै व्यवसाय थालेका हुन् । तत्कालीन नेसनल हाईस्कूल (हाल राष्ट्रिय मावि) बाट २०२४ सालमा एसएलसी उत्तीर्णपछि अशोक पृथ्वीनारायण क्याम्पस भर्ना भए । आईए पढ्दादेखि नै उनले पालिखे चोकमा मात्र २८ हजार रुपैयाँ लगानी गरेर ‘दी स्टेसनरी’ चलाए ।

Vianet communication

क्याम्पस पढ्दै व्यापार चलाउँदै आएका उनले २०३० सालमा स्नातक पूरा गरे । त्यसपछि उनी पढाइ छाडेर व्यापारमै केन्द्रित हुन थाले । व्यवसाय राम्रो हुँदै गएको थियो । लगानी पनि थप्दै गए । पालिखेका बुवाबाजेले आर्जेको जग्गा–जमिन पनि प्रशस्त थियो । उनले त्यसको पूर्ण सदुपयोग गरे ।

व्यापारका अलावा स्थानीय युवा मिलेर त्यसबेला क्लब गठन गरी सामाजिक कार्यमा क्रियाशील पनि भए । पोखराको तेर्सापट्टिस्थित गणेशको मन्दिर जीर्णोद्धार गरे । अशोक भन्छन्, ‘मन्दिरको पुनर्निर्माण के गरिएको थियो, मलाई अहिलेसम्म फलिफाप नै छ ।’ यो उनको धार्मिक आस्था होला तर उनले दिनरात नभनी निरन्तर कामप्रति समर्पित हुँदै कडा मेहनत गर्दै जानुको प्रतिफल नै अहिलेको उनको परिचय हो ।

लोकान्तरसँगको कुराकानीमा अशोकले विगतको पुन्तुरो खोल्दै गए । युवाकालमा उनी पोखरा जेसिजमा जोडिए । त्यसबेला उनलाई फ्रन्टलाइनमा रहेर बोल्ने शैलीको विकास गर्‍यो । आत्मविश्वास बढायो । व्यवसायमा जम्दै गर्दा २०३३ सालमा उनी पोखराको पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघमा सदस्यका रूपमा छिरे । सदस्यबाट प्रवेश गरेका पालिखे २०५६ सालसम्म विभिन्न पदमा रहेर निरन्तर सक्रिय भए । उनी ३ कार्यकाल महासचिव र २ कार्यकाल अध्यक्ष बने । शुरूआतमा सदस्य रही क्रमशः कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै २०५२ सालमा अध्यक्ष चुनिएका थिए । उद्योगी व्यवसायीको छाता संस्था भएकाले उनले यहाँ रहेर धेरै विषय जान्ने–सुन्ने मौका पाए । संघका सदस्यको हितमा विविध कार्यक्रम ल्याए । साथसाथै पोखराको विकासमा चालिएका विभिन्न अभियानमा सक्रिय बने । 

पोखरामा ल्याउन लागेको विक्रम टेम्पोले उनले रोके । किनकि काठमाडौंमा त्यस टेम्पोले वायु प्रदूषण फैलाएकोबारे उनी जानकार थिए । उनले संघमा रहँदा जर्मनीको एचडब्लूके माइञ्जसँग पार्टनरशीप शुरूआत गरे । त्यसबाट यस क्षेत्रका व्यवसायीको दक्षता वृद्धि तथा आर्थिक एवं भौतिक सहयोग सम्भव भयोे । साथै पोखरामा खानेपानी योजनाका लागि मर्दी–विन्ध्यवासिनीसम्म २० इञ्चको पाइप बिछ्याउन पहल गरे । अहिले पोखरेलीले पर्याप्त रूपमा खानेपानी पाएका छन् । चिप्लेढुंगा–न्यूरोड, पृथ्वीचोक–लेकसाइड त्यसबेलाको योजनाअन्तर्गत उनकै पालामा निर्माण भएका हुन् । 

शहरमा शिक्षाका लागि विश्वविद्यालय खोल्न पहल गरे । त्यसबेला तत्कालीन राजा वीरेन्द्रसँग दर्शनभेट गर्न जाँदा विश्वविद्यालयलाई प्रमुखतामा राखेर माग गरे । निरन्तर १३ वर्षसम्म लडिरहे । उनकै पहलमा पोखरामा पोखरा विश्वविद्यालय स्थापना सम्भव भयो । सो विश्वविद्यालय स्थापनाले पालिखेलाई हालसम्मकै बढी सन्तुष्टि मिलेको बताउँछन् । 

उनले शिक्षातर्फ लगानी बढाए । पोखरामा होटल म्यानेजमेन्ट कलेज खोल्नुमा उनको महत्त्वपूर्ण योगदान छ । ११५ जना उद्योगी, व्यवसायीको पहलमा आजभन्दा २१ वर्षअघि खोलिएको नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज हो । उनी कलेजको अध्यक्ष छन् । कलेजले होटल लगायत सेवा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्दछ । उत्तीर्ण विद्यार्थी बेरोजगार छैनन् । पोखरा, काठमाडौंका तारे होटलमा म्यानेजरसम्म पुगेका छन् । गुणस्तरीय पढाइ हुने कलेजको दाबी छ । 

उनले पोखराको पुरानो बोर्डिङ स्कूल कुमुदिनी होम्स्लाई २०५९ सालमा निजी स्वामित्वमा लिए । यो स्कूल यस क्षेत्रकै उत्कृष्टभित्र पर्दछ । स्कूलका उनी संस्थापक अध्यक्ष हुन् । 

त्यति मात्र कहाँ हो ? उनी पोखरा बहुमुखी क्याम्पसको संस्थापक मध्येका एक हुन् । चालिसको दशकमा पोखरामा पीएन क्याम्पसबाहेक अर्को क्याम्पस थिएन । तत्कालीन अञ्चलाधीश नरेन्द्रकुमार चौधरीको पालामा २०४४ सालमा पोखरा बहुमुखी क्याम्पस स्थापित भएको थियो । 

शिक्षा सँगसँगै उनको ध्यान स्वास्थ्यतर्फ मोडियो । उनले केही चिकित्सक तथा व्यवसायीसँग मिलेर सन् १९९९ मा फिस्टेल अस्पताल खोले । पछि फिस्टेल नर्सिङ क्याम्पसका रूपमा सञ्चालनमा आयो । अहिले नर्सिङ विषय पढाइ हुन्छ । उपचार सेवा राम्रो भएकाले अस्पतालमा बिरामीको भीड लाग्छ । निजी अस्पतालको छाता संगठन एशोसिएसनू अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) गण्डकीको पनि उनी अध्यक्ष छन् ।

२०५४ सालमा उनी हिमालय आँखा अस्पतालको अध्यक्ष चुनिए । त्यसबेला नेत्रज्योति संघ अध्यक्ष उनी हिमालय आँखा अस्पतालमा पदेन अध्यक्ष भए । त्यहाँ आवद्ध भइसकेपछि अस्पतालको विकासमा सक्रिय भए । यो अस्पताल नेपालमै अहिले उत्कृष्ट आँखा अस्पतालको रुपमा परिचित छ । उनी यहाँ पनि २ कार्यकाल अध्यक्ष रहे । 

पोखरा नेपालकै प्रमुख पर्यटकीय शहर भएकाले यसको प्रवद्र्धनमा उनी चिन्तित थिए । २०५२ सालमा उनकै पहलमा पोखरा पर्यटन परिषद् जन्मियो । उनी परिषद्को संस्थापक अध्यक्ष हुन् । २ कार्यकाल खाए । पोखरा घुम्न आउने पर्यटकको आतिथ्य, ट्याक्सीको व्यवस्थापन, पर्यटकीय गन्तव्य खोजीमा उनी लागिपरे । त्यसबेला पोखरा उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, नाट्टा, टान, रेवान र ट्याक्सी व्यवसायी समिति) मिलाएर परिषद् बनेको हो । हाल पर्यटकीय क्षेत्रका १२ संस्था परिषद्मा आबद्ध छन् । 

पालिखेको संलग्नता नेवाः खल कास्कीमा पनि छ । उनी २०७० सालदेखि त्यसको अध्यक्ष रहँदै नेवारी सभ्यता, संस्कृतिको विकासमा कटिबद्ध भएर लागेका छन् । नेवार जातिमा प्रचलित नाच, जात्रा, कला संस्कृति संरक्षण र जगेर्ना गर्न यो संस्था क्रियाशील छ । 

अन्त्यमा पालिखेले भने, ‘सफलताको एउटै सूत्र हो – निरन्तर मेहनत र कामप्रति समर्पण ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x