कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मंसिर २६, २०७७
अर्मलाकी ८४ वर्षीया टक्सरी परियारलाई राति ठूलो पानी पर्दा अझै पनि डर लाग्छ । कतै आफू सुतिरहेको जमिन नै भासिने त हैन ? दिउँसोको बेलामा जाडोयाममा घाम तापेर नातिनातिनीसँग समय कटाउने टक्सरीलाई रातिमा यदि ७ वर्षअघिको जस्तो घटना दोहोरियो भने कता भाग्ने भनी मेसो नपाउने डर कताकति हुँदोरहेछ । आर्थिक अवस्था विपन्न रहेकाले खेतीकिसानी कमाएर जिउ पाल्नुपर्ने हुँदा सुखसुविधा खोजेर पनि भएन ।
यो ठाउँ छोडेर अन्त जाने गच्छे छैन । छोराबुहारी रामकृष्ण र वैस परियार दिनभर अर्काको निमेक गरेर साँझ मात्र फर्किन्छन् । ९ वर्षीय नाति दिनेश र १६ वर्षीया नातिनी सलिना स्कूल नहुँदा हजुरआमासँगै घरमा हुन्छन् । परियार परिवारलाई घरबेटीले भाडामा लगाएर बसाइँ सारेपछि ३ वर्षदेखि यो घरमा उनीहरू जसोतसो बस्दै आएका छन् ।
सात वर्षअघि यहीँ मंसिरको महिना हो । मुलुक दोस्रो संविधानसभा निर्वाचनमा होमिएको थियो । त्यत्ति नै खेर तत्कालीन अर्मला गाविस वडा १ र ६ (हाल पोखरा महानगर वडा १६) मा पाकेको धान स्याहार्ने हतारो थियो, किसानलाई । त्यसैक्रममा मंसिर ५ गते अर्मलाको आँगेमा धान काट्न गएका किसानले खेतमा भ्वाङ परेको देखे । वृत्ताकारका भ्वाङ देखेपछि उनीहरू तीनछक परे । सबैतिर के भयो, कसो भयो भन्ने हल्ला फैलियो ।
टेकिरहेको जमिन नै भासिँदा एक जना मानिसलाई त भ्वाङभित्रबाट निकाल्नुसमेत परेको घटना स्थानीयहरू सम्झिन्छन् । क्रमशः एकपछि अर्को भ्वाङ पर्दै जाँदा पटक–पटक गरी यहाँ ५ सय हाराहारी रोपनी जमिनमा करीब ३ सय जति भ्वाङ परे । खेतीयोग्य जमिन नोक्सान पर्न गयो । केहीका घरभित्रै ठूला–ठूला भ्वाङ देखिन थाले । मानिसहरू घरखेत छाडेर अन्यत्र बसाइँ सर्न थाले । डेराभाडामा बस्नेहरू हारगुहार गर्दै लाखापाखा गए । मानिसहरू मृत्युको भयले डराउन थाले । यसरी अर्मलावासीलाई डरत्रास कायम रहँदा जमिनमा भ्वाङ पर्नु, त्यो पनि सबै वृत्ताकारका हुनु अर्को रहस्य र अनुसन्धानको विषय बन्यो ।
२०७० साल मंसिरको सो घटनाको अहिले ठीक ७ वर्ष पूरा भएको छ । अर्मलावासी अहिले भने सो घटना बिर्सने प्रयासमा छन् । कहिलेकाहीँ ठूलो पानी पर्दा त्यस्तै घटना दोहोरिने हो कि भन्ने अलिकति सन्त्रास जीवितै रहे पनि सकेसम्म बिर्सने प्रयासमा रहेको अर्मलावासी बताउँछन् ।
त्यसबेला आँगे, शान्तिटोल, शान्ति मावि स्कूलमुनिको भाग, वृताखेतमा यसखालका भ्वाङ देखा परेका हुन् । भ्वाङ करिब ५० मिटरसम्म गहिराइकासम्म पाइए ।
दोस्रो वर्षदेखि भ्वाङ परेका घटना दोहोरिएका छैनन् । कहिलेकाहीँ सानातिना देखिने भ्वाङ चर्चाको विषय बन्दैनन् । जग्गाधनीहरू लुकिछिपी पुरपार पारिसक्छन् ।
समस्याको रूपमा रहेको कालीखोलामा तटबन्ध गरिएको छ । भ्वाङ परेका अधिकांश जमिन ग्रेगर, ढुंगामाटोले पुरेपछि पहिलेजस्तै भएका छन् । किसानहरूले त्यहीँ जमिनमाथि उब्जनी गरेर यस वर्षको धानखेती स्याहारिसकेका छन् । भर्खरै धान काटेको अवशेषहरू सहजै देख्न सकिन्छ ।
भ्वाङ परेको जमिनमा यस वर्ष धान रोपेर बाली स्याहार्नेमध्येका एक हुन्, धनराज आचार्य । आचार्य यहाँका जीवित साक्षी हुन्, किनकि लेकबाट उनी बेसीमा आउँदा कुनै घर थिएनन्, स्याल आउँथे । एक्लै आउँदा उनलाई ‘यो बौलायो’ पनि भने । उनले सम्झे, ‘खोलामा गयो, अब बगाएर लैजान्छ भन्थे । कसैको कुरा सुनिनँ । बेसीमा आएँ, टहरो बनाएँ । कुखुरा र गाई पाल्न थाले । आम्दानी बढ्दै गएपछि थप जग्गाजमिन जोडेँ । छोराछोरी पढाएँ । अहिले दुई घर, चार गाडी छन् । किराना पसलको आम्दानी पनि छ ।’
आचार्यका अनुसार २०४६ सालमा उनी यहाँ आएपछि बिस्तारै अरूहरूले पनि घर बनाउन थालेका हुन् । जग्गाको मूल्य बढ्दै पनि गयो । प्लटिङ मौलायो । खोला किनारको जमिन लाखौंमा बिक्री हुन थाल्यो । नदी दोहन भयो । नजिकैको कालीखोलाले निकास पाउन सकेन । भित्रभित्रैबाट बग्न थाल्यो । त्यसै त पहिले नै यहाँको जमिन कमजोर रहेको भूगर्वविद्हरूले सुनाउँथे रे ! यत्तिकैमा २०७० सालमा आएर जमिन भासिँदा यसले राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रियरूपमा चर्चा पायो । जग्गा भासिएपछि मुख्य जोखिम क्षेत्रका दुई चार घरबाहेक अन्य मानिसहरू लाखापाखा लागेका थिए ।
त्यसबेला स्थानीय कुम्भसिं दमाई, हिमलाल आचार्य, भीमबहादुर कार्की, भूपेन्द्र आचार्यको घर नराम्ररी क्षतिग्रस्त भएका हुन् । एक दर्जन घरपरिवार पूर्णरूपमा विस्थापित हुनुको साथै ५०/६० घरपरिवार उच्च जोखिममा परे । घर क्षति हुने सम्भावना भई विस्थापित भएका घरपरिवारहरू राजु तामाङ, बलराम आचार्य, तीर्थबहादुर तामाङ, कुमार बस्नेत, पूर्णबहादुर विक, घनश्याम आचार्य, राधिका पौडेल, भाइश्री सार्की, उदिमबहादुर गुरुङ, तीर्थबहादुर विक, तिलबहादुर बिकलगायत ११ घरमूलीका परिवारमा ६३ सदस्यहरू थिए । तीमध्ये अहिले केही फर्किएका छन् ।
तत्कालीन समस्या समाधानका लागि बुद्धिबहादुर गुरुङको अध्यक्षतामा विपत् व्यवस्थापन समिति गठन भयो । हालका अध्यक्ष कृष्णबहादुर बस्नेत हुन् । समितिको कोषाध्यक्ष धनराज आचार्य आफैँ छन् । आचार्यका अनुसार जो जसको घरखेतमा भ्वाङ परेको छ, उनीहरूबाट १५ सय रुपैयाँ उठाएर समितिले सम्बन्धित निकायमा हारगुहार गर्दै निवेदन दियो । पछि सरकारले कालीखोलामा चेकड्याम बनाउन बजेट विनियोजन गर्दै गयो ।
हालसम्म ७ करोड १५ लाख रुपैयाँमा साढे ५ करोड खर्च भैसकेको समितिका कोषाध्यक्ष आचार्यले जानकारी दिए । घार्मीखोलाको पुलदेखि माथिसम्म चेकड्याम बनाइसकिएको छ । जसबाट कालीखोला अन्यत्र भएर बग्न पाउँदैन । जाली राखेर ढलान गरेको राम्रो भएको छ । जालीमात्र राखेको भने नराम्रो छ । जतिखेर पनि पानीले खान सक्छ ।
निर्माणक्रम अझै पनि बेलाखत भइरहन्छ । कालीखोला कुनै ठाउँमा ४० मिटर र कुनै ठाउँमा १० मिटरसम्म मात्र फैलिएर बगेको छ । यसको मापदण्ड ५० मिटर कायम गरिएको छ ।
माझकुना र कालामुढाको मुहानबाट बग्ने पानी तथा लठ्ठेछहराको सबै पानी जैमुरेमा आएर मिसिन्छन् । त्यसपछि कालीखोलामा आउँछन् । डुब्नेखोला पनि कालीखोलामै मिसिन्छ । घार्मीखोला हुँदै सेती भेटाउँछ ।
‘मानवीय अतिक्रमण रोकिनुपर्छ’
– वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी
कालीखोलामा विगतमा नदीजन्य वस्तु जथाभावी निकाल्ने क्रममा खोला गहिरिँदै गयो । त्यसकारण यसले निकाश पाएन । जमिनको तल्लो भागको कमेरो माटो पग्लेर क्रमिक रूपमा बगेर फाँटमा भ्वाङ पर्न गएको हो । यसको समाधानको एक मात्र उपाय खोलामा चेकड्याम नै थियो ।
हामीहरूले पनि त्यसमा बजेट पार्न सहयोग गर्यौं । चेक ड्याम निर्माण गरेपछि खोलाको सतह एक मिटरमाथि उठेको छ । मानवीय अतिक्रमण रोकिनुपर्छ । खोलाले बगाएर ल्याएको ग्रेगर समय–समयमा हटाउनुपर्छ । सन् १९९० मा जर्मन भूगर्भविद् टोलीमार्फत् गरिएको एक अध्ययनले अर्मला ठूलोबेसी फाँटको भूगर्भ कमजोर रहेको देखाएको थियो ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...